वैदेशिक मुद्रा सटहीका लागि ‘प्रभु इजी फोरेक्स’

काठमाडौं । प्रभु बैंकले वैदेशिक मुद्रा सटही मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लिकेसन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त एप्लिकेसन सार्वजनिक गरेको हो ।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि विदेश भ्रमण गर्नेको संख्या बढ्दै गएको र व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्म पुगेर सटहीको आवेदन गरी वैदेशिक मुद्रा लिनुपर्ने बाध्यता रहेको अवस्थामा प्रविधिमैत्री एप्लिकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने बैंकको छ ।

‘प्रभु इजी फोरेक्स’ मोबाइल एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त एप उपयोग गरी अनुकुल समयमा तोकिएका शाखा र काउन्टरबाट वैदेशिक मुद्रा संकलन गर्न सकिने छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित बैंकको काउन्टरबाट समेत यो सुविधा उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।

प्रतिक्रिया