भारतीय प्रधानमन्त्री मोदी भुटान जाँदै

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् । यस भ्रमणले ‘छिमेक पहिलो’ नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन् । दुबै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ ।

गत महिना, भारतीय विदेश मन्त्री एस जयशंकरले भुटनाको दुई दिने भ्रमण गरेका थिए । त्यो उनको विदेश मन्त्रीको हैसियतमा पहिलो औपचारिक भ्रमण थियो । उक्त भ्रमणका क्रममा जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी द्विपक्षीय सहयोगलाई अझ गति दिनेबारे छलफ गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया