बक्सर म्यान्नीलाई उपाधि

एजेन्सी, मनिला । फिलिपिन्सका बक्सर म्यान्नी प्याकियोले ४० वर्षको उमेरमा डब्ल्युबीए सुपर च्याम्पियनको उपाधि जितेका छन् । लास भेगासमा भएको प्रतिस्पर्धामा केइथ थुरमनलाई अंकका आधारमा पराजित गर्दै प्याकियोले उपाधि जतेका हुन् । वेल्टरवेटका थुरमनले यसअघि कुनै पनि फाइट हारेका थिएनन् ।

उनले यसअघिका २९ वटा फाइट लगातार जितेका थिए । प्याकियोले थुरमनलाई पहिलो राउन्डमै ढलाएका थिए । तर, खेल पूरा समयसम्म चलेको थियो । दुई जना निर्णायकले प्याकियोको पक्षमा ११५–११२ अंक दिएका थिए । एक जना निर्णायकले प्याकियोलाई ११३ अंक दिए भने थुरमनलाई ११४ अंक दिएका थिए ।

आठ ओटा तौल समूहमा च्याम्पियन बनिसकेका प्याकियोको करियरमा यो ७१औँ फाइट थियो । जसमा उनले सात खेलमा मात्र पराजय भोगेका छन् । चारवटा पराजय उनले पछिल्लो एघार खेलमा ब्यहोरेका थिए । फिलिपिन्सका सिनेटरसमेत रहेका प्याकियोले अब बेलायतका अमिर खानसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया