रुद्रसेनको मैथिली गीत

काठमाडौं । गायक रुद्रसेन विश्वकर्मा र गायिका ज्योति मगरको आवाज रहेको मैथिली गीत ‘कानोमे आँहाके झुम्का’ बजारमा आएको छ । यसअघि रुद्रसेनले दर्जनौँ नेपाली, भोजपुरी तथा मैथिली गीतमा आवाज दिइसकेका छन् । ‘दिवानी’ एल्बममा रहेको उक्त गीत केही समयअघि आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत सावर्जनिक गरिएको हो ।

गीतमा गायक रुद्रसेनको शब्द तथा संगीत रहेको छ । त्यस्तै, विशाल निरौलाले एरेन्ज गरेका छन् । दीपक गिरीले छायांकन गरेको उक्त गीतको भिडियोलाई प्रदीपकुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा गायक रुद्रसेन र रिचा थापाको अभिनय छ । सार्वजनिक भिडियोलाई निरकुमारी विश्वकर्माले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया