रवितालाई मिसेस गुरुङ उपाधि

कास्की । तेस्रो संस्करणको ‘मिसेस गुरुङ’ मा ११ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि रविता गुरुङले उपाधि हात परेकी छन् । विवाहित गुरुङ महिलाबीच गरिएको उक्त प्रतियोगिता नाल्मा तमु समाजले आयोजना गरेको हो ।

मादी गाउँपालिका लंकाथर घर भएकी रविताले शीर्ष उपाधिसँगै हिरोको ड्युट स्कुटर र अन्य उपहार प्राप्त गर्न सफल भइन् । त्यस्तै, उनले मोस्ट इन्टेलिजेन्ट, मोस्ट वाल्क र वेस्ट परफमेन्स गरी तीनओटा अन्य सबटाइटल अवार्ड समेत हात पारिन् ।

उक्त प्रतियोगितामा फस्ट रनरअपको उपाधिसँगै सम्झना गुरुङले मोस्ट एक्टिभ र वेस्ट हेयरको अवार्ड जित्न सफल भइन् । सेकेन्ड रनरअपको उपाधिसँगै तनु गुरुङले मोस्ट डिसिप्लिन र वेस्ट स्माइलको ताज प्राप्त गरिन् ।

त्यसैगरी, वेस्ट फोटोजेनिक र मोस्ट डाइनामिक सीता गुरुङ, वेस्ट स्किन र मोस्ट स्टाइलिस माया गुरुङ, वेस्ट पर्सनालिटी ङोमाया गुरुङ, वेस्ट कुक र मोस्ट ब्युटीफुल गौरी गुरुङ, मोस्ट कन्फिडेन्ट मेघा गुरुङ, मोस्ट पपुलर सोनिया गुरुङ, मोस्ट पङच्युअल र भ्युअर्स च्वाइस शोभा गुरुङ, मोस्ट फ्रेन्डली र मोस्ट टयालेन्टको उपाधि एलिसा गुरुङले हात पारे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपाधि हात पार्ने प्रतिस्पर्धीलाई सम्मान गर्दै प्रतिभालाई चिनाउन प्रतियोगिता सफल भएको बताए । प्रतियोगिताका प्रबन्ध निर्देशक पवि गुरुङ र नाल्मा तमू समाजका अध्यक्ष बुद्धिजंग गुरुङले प्रतिस्पर्धाले प्रतियोगीलाई अगाडि बढ्न सघाउ पु¥याउने विश्वास व्यक्त गरे । साथै उक्त अवसरमा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङलाई गुरुङ समुदायको शान र मान बढाएको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया