चापागाउँमा प्रभु बैंकको शाखा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले साउन ५ गतेदेखि ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा १० स्थित चापागाउँमा १८८ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन उद्घाटन गरे ।

बैंकको चापागाउँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया