असहाय बस्तीलाई नामस्ते नेपालको सहयोग

काठमाडौँ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले असहाय बस्तीका बालबालिकालाई विभिन्न खाद्यान्न सामग्री लगायत शैक्षिक सामाग्री सहयोग गरेको छ । केन्द्रीय राजधानीको बुढानिलकण्ठ नगरपालिका- ४ मा रहेको असहाय बस्तीकी सञ्चालिका सानु राईलाई संस्थाका अध्यक्ष रामशरण बानियाँले सहयोग हस्तान्तरण गरे ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल समन्वय समितिद्वारा संकलित रकम रु २५ हजार बराबरको खाद्यान्न सामग्री दाल, चामल, चिउरा, चिनी, मसलालगायत शैक्षिक सामग्री कापी कलमहरु एक औपचारिक कार्यक्रमकाबीच सहयोग गरिएको हो ।

कार्यक्रममा नमस्ते नेपालका केन्द्रीय सचिव अर्जुन बस्नेतले असहाय बस्तीकी संचालिका सानु राइले अनाथ बालबालिकालाई पालन पोषण र शिक्षा दिँदै आएकोमा महान कार्य भन्दै प्रसंसा गरे । साथै उनले सम्पूर्ण बालबालिकाहरुको लागि उज्वल भविष्यको कामना गरे । सोही क्रममा संचालिका राइले पनि बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले संकलन गरेको रकमले आफ्नो असहाय बस्तीमा सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै नमस्ते नेपाललाई धन्यवाद दिइन् ।

‘मनोरञ्जन, परोपकार र लगानी क्षेत्रको पहिचान, नमस्ते नेपालको अभियान’ भन्ने मूल नारासहित २०७० सालमा विदेशबाटै स्थापना भएको उक्त संस्थाले विभिन्न दैबी प्रकोपमा परेका पीडित र अनाथ बालबालिका तथा बृद्धहरुलाई सहयोग गर्दै आएको छ ।

सोही कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष बानियाँले देशमा भएका सबै संघ संस्थाले हरेक क्षेत्रमा रहेका पीडित पक्षलाई सहयोग गरेदेखि उनीहरुको जीवनमा आपत नआउँने बताए । उक्त कार्यक्रममा नमस्ते नेपालका केन्द्रीय सदस्यलगायत आजीवन सदस्यहरुको सहभागिता थियो । कार्यक्रम इजरायल समन्वय समितिमा सहयोग रकम संकलन गर्न महत्वपुर्ण भूमिका खेल्ने देउमान कडरियाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया