नेकपाकाे सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

सचिवालय बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ स्रोतले जनाएको छ ।

नेकपामा स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने बिषयमा विवाद भएको छ । विभाग प्रमुखमा तत्कालीन एमालेले ईश्वर पोखरेलको नाम अगाडि सारेको छ भने तत्कालीन माओवादीबाट नारायणकाजी श्रेष्ठ प्रकाशले दाबी गरेकाले कुरा मिल्न सकेकाे छैन ।

अन्य विभागको भने भागवण्डा भइसकेको छ । दुवै समूहले व्यक्ति भने तोक्न बाँकी छ । संगठन विभागमा वामदेव गौतम, अन्तर्राष्ट्रिय विभाग माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने पक्का भएको छ ।

प्रतिक्रिया