भक्तपुरको झाडीमा महिला मृत फेला

काठमाडौँ । आज भक्तपुर सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

बस स्ट्याण्डसँगैको सडक पेटीको झाडीमा अन्दाजी ५५ वर्षकी महिला मृत अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको छ । शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो या होइन भन्ने कसरा पत्ता लाग्ने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले बताए ।

प्रतिक्रिया