बंगलादेश क्रिकेटको कप्तानमा परिवर्तन

एजेन्सी, ढाका । बंगलादेशले श्रीलंका सिरिज अगाडि टिमको कप्तान परिवर्तन गरेको छ । विश्वकपमा कप्तानी गरेका माश्रफे मोर्तजाकै कप्तानीमा यसअघि श्रीलंकाविरुद्धको सिरिजका लागि टिम घोषणा गरिएको थियो ।

तर मोर्तजा घाइते भएपछि तमिम इकबाललाई कप्तान बनाइएको हो । मीरपुरमा भइरहेको ट्रेनिङमा मोर्तजा घाइते भएपछि इकबाललाई अन्तरिम कप्तानको रूपमा श्रीलंका पठाइएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । यस सिरिजमा शाकिब अल हसन र लिटन दासलाई विश्राम दिइएकाले पनि इकबालले कप्तानी गर्न लागेका हुन् ।

यसैगरी अर्का अलराउन्डर सैफुद्दिन पनि घाइते भएकाले उनी पनि श्रीलंका जान पाएका छैनन् भने मोर्तजा र शैफुद्दिनको ठाउँमा तास्किन अहमद र फरहाद राजालाई टिममा बोलाइएको छ । बंगलादेशले श्रीलंकाका तीनवटा एकदिवसीय खेल खेल्नेछ । तीनवटै खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ ।

बंगलादेश टिममा तमिम इकबाल (कप्तान), सौम्य सरकार, मोहम्मद मिथुन, अनामुल हक, मुस्फिकुर रहमि, महमुदुल्लाह, मोसाद्देक होसन, सबीर रहमान, फरहाद राजा, मेहिदी हसन, मुस्तफिजुर रहमान, रुबेल हुसेन, तास्कीन अहमद र तैजुल इस्लाम रहनेछन् ।

प्रतिक्रिया