गुरुङ गीत सार्वजनिक

कास्की । गायक राजबहादुर गुरुङको गुरुङ भाषाको पहिलो गीत ‘ङोल्स्यो म्हिथेबा’ सार्वजनिक भएको छ । गायक राजबहादुर र गायिका मिलन नेवारको आवाज रहेको उक्त गीतमा बेलायत निवासी केबी गुरुङको शब्द रहेको छ ।

गीतमा मनोज गुरुङको संगीत तथा तेजेन्द्र गुरुङको एरेन्ज रहेको छ । सुपर युनिक फिल्मस्को प्रस्तुति रहेको उक्त गीतलाई गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष गिरीप्रसाद गुरुङले विमोचन गरे । जिफानका अध्यक्ष गिरीप्रसादले गीतले गुरुङ कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले संस्कृति बचे जाति र देश बच्ने बताउँदै भने, ‘संस्कृति संरक्षणमा जागरुक भई लाग्नुपर्ने वेला आएको छ ।’

यसैबीच, उक्त गीतको प्रचार–प्रसार र नवप्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखेर कभर नृत्य प्रतियोगिता आयोजना गरिने निर्माण पक्षले जनाएको छ ।

बिजेताको घोषणा युट्युब दर्शकको आधारमा गरिने जनाइएको छ । आगामी १ माघमा पोखरामा उक्त कभर गीतको बिजेतालाई पुरस्कार वितरण गरिने छ । प्रतियोगिताको विजेता समूहले नगद ८० हजार र उपविजेता समूहले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया