तीन चेलीको ‘कहाँ उड्यो पुतली’

काठमाडौं । हरितालिका तीज नजिकिएसँगै कलाकारका गीत बजारमा आउने होडबाजी नै चलेको छ । धेरै कलाकारले फरक शैलीमा विभिन्न किसिमका तीज गीत सार्वजनिक गरेका छन् । यसैक्रममा लोकदोहोरी गायिका अमृता लुंगेली मगर, सुमित्रा कोइराला र सुजाता केसीको संयुक्त आवाजमा रहेको ‘कहाँ उड्यो पुतली’ सार्वजनिक भएको छ ।

गायिका सुमित्राको शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण विक (भान्जा) को एरेन्ज छ । प्रकाश भट्टको निर्देशनमा रहेको गीतको भिडियोलाई राजेश घिमिरेले क्यामरामा कैद गरेका छन् । त्यस्तै, मोडल रिना थापालगायतका कलाकारले गीतको भिडियोमा अभिनय गरेका छन् । विष्णु शर्माले सम्पादन गरेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । समयसाक्षेप परिवेशअनुसार मौलिकतामा आधारित रहेर गीत बजारमा ल्याएको गायिका अमृताले बताइन् ।

प्रतिक्रिया