प्रहरी उल्झाउने हत्याप्रकरण

काठमाडौं । कुनै पनि हत्याका दोषी पक्राउ गर्न नसकेपछि प्रहरीले बोल्ने शब्द हो, ‘कुनै पनि घटनाका दोषीले उन्मुक्ति पाउँदैनन् ।’ हत्याका अधिकांश घटनामा प्रहरीले केही समयपछि अनुसन्धान गरेर दोषी पत्ता लगाउने गरेको छ । हत्यारासम्म पुग्न नसके पनि उसले यो समूह वा व्यक्ति हत्यामा संलग्न रहेको भनेर किटान नै गर्ने गरेको छ ।

गतवर्ष साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याले प्रहरीलाई टाउको दुखाइको विषय बन्यो । हत्याका अभियुक्त पत्ता लगाउन नसक्दा प्रहरी प्रशासन र सरकार नै यसका आलोचनाका पात्र बनिरहेका छन् । यसले प्रहरीकै कार्यक्षमतामा प्रश्न उठाएको छ

यति कर्मठ प्रहरीलाई केही हत्याकाण्ड भने निक्कै टाउको दुखाईको विषय बनेको छ । यस्तै घटना हुन्, निर्मला हत्या र पूर्वराजदूत झाको हत्या । निर्मला हत्याकाण्डमा त सरकार नै नराम्ररी आलोचित भए पनि अझैसम्म यसका हत्यारा को भनेर नै एकिन हुन सकेको छैन ।

गतवर्ष साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याले प्रहरीलाई टाउको दुखाइको विषय बन्यो । हत्याका अभियुक्त पत्ता लगाउन नसक्दा प्रहरी प्रशासन र सरकार नै यसका आलोचनाका पात्र बनिरहेका छन् । यसले प्रहरीकै कार्यक्षमतामा प्रश्न उठाएको छ ।

कतिपयले कार्यक्षेत्रमा रहेका तत्कालीन प्रहरी अधिकृतले प्रमाण नष्ट गरेका कारण हत्यारा पत्ता लाग्न नसकेको बताएका छन् । कतिले भने राजनीतिक नेतृत्वबाटै अपराधीलाई संरक्षण गरेको आरोप लगाउँदै आएका छन् । तर, प्रहरीले भने आफ्नै संगठनको कमजोरीका कारण समस्या आएको आन्तरिक रुपमा बताउदै आएको छ । यसबीचमा केही प्रहरी अधिकारी निलम्बन र बर्खास्तसम्म परे । संलग्नताको आशंकामा कति पक्राउ परे तर अहिलेसम्म वास्तविक अपराधी पक्राउ पर्न सकेका छैनन् ।

घटना घटेको एक वर्ष पूरा हुन लाग्दासमेत अझै पनि घटना कसले घटायो भने कुनै संकेतसम्म प्रहरीले पाउन सकेको छैन । अधिकांश घटनाका अपराधी पत्ता लगाउन सफल प्रहरीको यो घटनापछि कार्यक्षमतामै प्रश्न उठिरहेको छ । कार्यक्षमतामै प्रश्न उठेपछि गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिमा भनेका थिए, ‘निर्मला हत्याकाण्डमा तुरून्त परिणाम नआउँदा प्रहरीको कार्यक्षमतामा प्रश्न त उठेको छ ।

तर, हामीले यसमा धैर्य गर्नुपर्छ ।’ प्रहरीले अपराधी पत्ता लगाउन नसकेपछि बोल्ने शब्द नै गृहमन्त्रीले समितिको बैठकमा बोलेका थिए । प्रहरीले अहिले पनि सो घटनाका विषयमा सूक्ष्म अनुसन्धान भइरहेको भन्दै तत्काल केही बोल्न नसक्ने बताएको छ । यद्यपि चाँडै अपराधी पक्राउ गर्ने भने भन्न छाडेको छैन ।

निर्मलाको हत्या भएको केही समयपछि राजधानीमा अर्को हत्याकाण्ड भयो । पूर्वराजदूत केशवराज झाको हत्या, जसबाट प्रहरीको कार्यक्षमतामा पुनः प्रश्न खडा गरेर गयो । प्रहरीकै भनाइ सापट लिएर भन्ने हो भने यो हत्या रहस्यमय अपराधमध्ये पनि अझै रहस्यमय घटना हो ।

अपराधमा अब्बल मानिने प्रहरीका सबै अधिकृतले यो घटनाको अनुसन्धान गरेपनि अहिलेसम्म के हो भन्ने नै मेसो पाउन सकेका छैनन् । गतवर्ष भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो । झा हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले रहस्यमय मध्येको एक भएको बताउँदै आएका छन् । ढिलो चाँडो अपराधी पत्ता लाग्छ भन्नुबाहेक प्रहरीसँग कुनै विकल्प छैन ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको मुचुल्का अनुसार झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको उल्लेख छ । यो घटनामा प्रहरीले पटके चोर देखि ‘रअ’ सम्मलाई शंकाको सूचीमा राखेको भए पनि उनीहरूको अहिलेसम्म संलग्नता नभेटिएको स्रोतले जानकारी दिएको छ ।

प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षागार्डको मोबाइल, झाको रगतले लत्पतिएको कपडालगायत अन्य प्रमाण फेला पारेको थियो । आफ्नै भान्साको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग मिलेन । झाको घर नजिकै केराको झाँङबाट उठाइएको पन्जामा समेत कुनै क्लु फेला पर्न नसक्नुले प्रहरीले अनुसन्धान रहस्यमय भएको बताउँदै आएको छ ।

झाको हत्याका विषयमा प्रहरीले सबै कोणबाट अनुसन्धान गरिसकेको छ । आफन्तदेखि उनको सम्पर्कमा रहेका र सम्भावित हत्यारासम्मलाई अनुसन्धानको दायरामा ल्याउँदासम्म पनि केही पत्ता लगाउन सकेको छैन । बिटिएस टावरले क्याच गरेको मोबाइलमार्फत सम्बन्धित व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरेपनि त्यसबाट फेला पार्न सकेको छैन । बिटिएसमा ठोक्किएका, पटके चोरलगायत ४ सय भन्दा बढी व्यक्तिसँग सोधपुछ र बयान लिइसकेको प्रहरीले बताएको छ । तर उनीहरूबाट समेत कुनै तथ्य फेला पर्न सकेको छैन । घटनामा अपराधीले अपनाएको बाटोबाट प्रहरी आफैँ अचम्मित भएको छ ।

यद्यपि प्रहरीले निक्कै पुराना घटनाका दोषी पत्ता पनि लगाउने गरेको छ । त्यसैले प्रहरीले तत्कालै दोषी उम्किए पनि कालान्तरमा कानुनको कठघरामा आउनुपर्ने बताउँछन् । प्रहरीलाई यस्तै टाउको दुखाइको घटना बनेको थियो, २०५९ असार ३१ गते घटेको चर्चित ‘रानीबारी हत्याकाण्ड’ । प्रहरीले १२ वर्षपछि यस हत्याकाण्डका अभियुक्त मनराज गुरुङ र प्रमेश पुनलाई पक्राउ गर्न सफल भएको थियो ।

प्रतिक्रिया