आर्यनको ‘च च’ हुई’ मंसिरमा

काठमाडौं । साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र ‘च च हुई’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । अभिनेता आर्यन सिग्देल अभिनीत यो चलचित्र ६ मंसिरदेखि देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

अभिनेता आर्यन तथा अभिनेत्री मिरूना मगरको मुख्य भूमिका रहेको यो चलचित्र यसअघि २९ कार्तिकमा रिलिज हुने चर्चा थियो । आर्यन र मिरूनासँगै यस चलचित्रमा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारको अभिनय छ ।

अमृत गोले निर्माता रहेको यो चलचित्र एजिएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको यस चलचित्रमा सिजन दाहाल र सन्देश अर्यालको पटकथा तथा संवाद रहेको छ ।

प्रतिक्रिया