जापानी क्लबसँग चेल्सी पराजित

एजेन्सी, जापान । इंग्लिश क्लब चेल्सी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शुक्रबार भएको खेलमा चेल्सी जापानिज क्लब कावासाकी फ्रोन्टालेसँग १–० गोल अन्तरले पराजित भएको हो ।

नयाँ सिजन सुरुअघि प्रि–सिजन तयारीका लागि जापानमा रहेको चेल्सी जापानको शीर्ष डिभिजनको जे लिग क्लबसँग पराजित भएको हो । कावासाकीलाई जित दिलाउन लिन्ड्रो डामिओले निर्णायक गोल गरे । उनले खेलको ८६ औँ मिनेटमा गोल गरेका थिए ।

योसँगै नवनियुक्त प्रशिक्षक फ्रान्क लाम्पार्डको नेतृत्वमा चेल्सीले प्रि–सिजनमा पहिलो हार व्यहोरेको छ । अब चेल्सीले मंगलबार बार्सिलोनासँग खेल्नेछ ।

प्रतिक्रिया