कराँते टोलि स्वदेश फिर्ता

काठमाडौं । नवौं थाइल्यान्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरू सहित नेपाली कराँते टोली बुधबार साँझ स्वदेश फर्किएको छ । थाइल्यान्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ के.जी. मुनिको तौल समुहमा कुमुते तर्फ सबिना श्रेष्ठले चिनकी खेलाडीलाई पराजित गरी नेपालको लागि स्वर्ण पदक हासिल गरेकी यिइन भने सोनी राईले ५३ के.जी. मुनिको तौल समुहमा कुमुते तर्फ रजत पदक , अनिस लामीछानेले ५५ के.जी. मुनि र राजकुमार रसाईलीले ६७ के.जी. मुनिको तौल समुहमा कुमुते तर्फ कांस्य पदक हासिल गर्न सफल भए ।

नेपाली टोलिलाई जिल्ला युवा समितिका काठमाडौंका अध्यक्ष निरेशलाल सिंह, तारकेश्वर न.पा र टोखा न.पा का जनप्रतिनिधिहरू अमृत थापा, श्याम मर्हजन, सानुकान्छा मर्हजन, श्रीकाजी मर्हजन रिदेशलाल सिंह साथै मनमैजु डोजो र मनमैजु स्पोटर््स क्लबका सल्लाहाकार र स्थानिय बुद्घिजीवी, खेलप्रेमी लगायतले बाजागाजा सहित नेपाली कराते टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया