चर्चा बटुल्दै सिलुको ‘ल्याप्चे’

काठमाडौँ । युट्युबमार्फत केहिदिन अघि सार्वजनिक भएको गायिका सिलु भट्टराई र गायक खुमन अधिकारीको आवाजमा रहेको तिज गीत ‘ल्याप्चे’ ले चर्चा बटुल्दै आएको छ । गायक अधिकारीकै शब्द तथा संगीत रहेको गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको थियो ।

सोही गीत बिनोद बाजुरालिले संगीत संयोजन गरेका छन् । तिर्सना म्युजिक प्रालिको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । त्यस्तै जल्दाबल्दा माेडल महेन्द्र गौतम र अनु पराजुलीले सोही भिडियोमा अभिनय गरेका छन् ।

निर्देशक प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियो राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । पुरानो परम्परा आनुसार पढाई लेखाइमा कम्जोर भएकाले तमसुक लगायत विभिन्न ठाउँमा सही गर्दा ल्याप्चे लगाउँने प्रचलन हट्दै गएकाले सोही बिषयलाई उठान गरेर गीत बजारमा ल्याएको गायिका भट्टराईले बताइन् ।

देशमा शैक्षिकको विकाश भएसँगै पुरानो पर्था ल्याप्चे लगायत विभिन्न बाउबाजेले धान्दै आएको संरचनाको संरक्षण गर्न पर्ने बाताउँदै मौलिक लोक संगीतको मध्यनजर गरेर गीत ल्याएको गायक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया