बिसिसिआई तीनको विकल्प खोजीमा

एजेन्सी, नयाँ दिल्ली । विश्वकप क्रिकेटको सेमिफाइनलबाट भारत बाहिरिएपछि उसको विश्वकप जित्ने सपना सकिएको थियो । विश्वकपको उपाधि इंग्ल्यान्डले जितिसकेको छ । विश्वकपलगत्तै अब भारतले वेस्ट इन्डिजविरुद्धको सिरिज खेल्दैछ ।  सिरिज अगाडि विराट कोहलीको कप्तानी पद धरापमा पर्ने आँकलन गरिएको छ भने महेन्द्रसिंंह धोनी टिममा नपर्ने सम्भावना रहेको खबर भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । यस्तैमा प्रशिक्षक रवि शास्त्रीको कार्यकाल नलम्ब्याउने पक्षमा बीसीसीआई रहेको बुझिएको छ । बिसिसीआईले नयाँ प्रक्रियाबाट प्रशिक्षक चयन गर्ने तयारी गरेपछि अब रवि शास्त्रीले पनि फेरि प्रशिक्षक हुन चाहेमा आवेदन दिनुपर्नेछ ।

विश्वकपपछि शास्त्रीको ४५ दिन कार्यकाल थप गर्ने पहिला घोषणा गरिएको थियो । त्यसैका आधारमा शास्त्री वेस्ट इन्डिज सिरिजसम्म रहने छन् । अहिले बीसीसीआईले ब्याटिङ, बलिङ र फिल्डिङ कोचका लागि आवेदन माग गरे पनि उनीहरूको कार्यकाल पनि ४५ दिन थप गरिएको छ । त्यसपछि सबै नयाँ प्रक्रियाबाट सुरु हुने बीसीसीआईका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया