बलिउड अभिनेत्री अमिषा भैरहवामा

भैरहवा । बलिउड अभिनेत्री अमिषा पटेल एक सांगीतिक कार्यक्रमका लागि नेपाल आएकी छन् । आइतबार भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिनका लागि उनी नेपाल आएकी हुन् । उनले सोमबार आफ्नो टिमसहित ‘लैला व लैला’ बोलको गीतमा नृत्य प्रस्तुत गरिन् ।

उनले नेपाल रहँदाका दुई दिनमा नेपाल लेखेर ८ ट्विट समेत गरेकी छन् । ४१ लाख फ्लोअर्स भएकी उनले नेपाल बस्दाका भिडियो र तस्बिर पोस्ट गरेकी छन् ।

प्रतिक्रिया