मुक्तिनाथ बैंक र ओम समाज डेण्टलबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ओम समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ओम समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्षसुवास घिमिरेले हस्ताक्षर गरे ।

सो सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया