‘रातो साडी’ मा सजिँदै रञ्जु र कृष्ण

काठमाडौँ । लोकप्रिय गायक खुमन अधिकारी गायिका रञ्जु अधिकारीको संयुक्त आवाजमा ‘रातो साडी’ नामक तिज गीत सार्वजनिक भएको छ ।

गायिका रञ्जुकै शब्द सृजना तथा संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् भने कृष्ण सापकोटाको थेगो छ । त्यस्तै सभ्यता क्रियशनको प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो केही दिन अघि कृष्ण सापकोटाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सोही भिडियोमा गायिका रञ्जु र कृष्ण सापकोटाकै अभिनय छ । स्मृति तिमिल्सिना (गुरु आम) ले निर्देशक गरेको भिडियोलाई सुरेष्ट श्रेष्ठको छायांकन रहनुका साथै नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।

गीतलाई मौलिक परिवेशमा आधारित बनाएर बजारमा ल्याएको कृष्ण सापकोटाले जानकारी दिए । नजिकिदै गरेको हिन्दु नारीहरुको बिशेष पर्व मानिने तिजलाई लक्षित गरिएको उनले बताए ।

प्रतिक्रिया