किँरात इतिहास र जातीय स्वपहिचान

किराँत सभ्यता विश्वकै सबैभन्दा पूरानो सभ्यतामध्ये एक हो । किराँत÷किराँतीहरू ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भूभागमा किराँतहरू रहेका थिए । कस्मिरदेखि पूर्व, कामरूपदेखि पश्चिम, भुटानदेखि मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किराँतहरू विस्तारित थिए ।

किराँतीहरूको ऐतिहासिकता तथा चर्चा संस्कृत साहित्यहरू जस्तै अथर्ववेद, वाल्मिकि रामायण र महाभारतहरूमा उल्लेख भएको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेख) मा पनि किराँत जातिको उल्लेख पाइन्छ । बौद्ध, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाहरूमा पनि किराँतहरू चित्रित छन् ।

किराँतीहरूको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराँती राजाहरूले (काठमाडौं उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किराँतीहरूले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भूभागहरूमा नै पनि किराँतहरूको अनेक सम्प्रभु सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ ।

यसरी, कुनै वेला एसियाको ठूलो भूभागमा फैलिएका किराँतीहरू प्छि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवं उपनिवेशका कारण विस्थापित हुँदै आफ्नो जिमी–भूमिको साथै आफ्नाे जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहे । हुँदाहुँदा अहिले आएर दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग) को सानो भूभागमा मात्रै आफूलाई प्रस्ट रूपमा किराँती भनी चिनाउँने जातिहरू रहेका छन् । उनीहरू पनि राई, सुब्बा, मुखिया र देवानकरण गरिएका कारण असली किराँती पहिचान नै ओझेलमा परेको अवस्था छ ।

यसरी ‘करण !’ मा परेका किराँतीहरूमा सबैभन्दा बढी खम्बुका सन्तानहरू देखिन्छ । जस्तै, चाम्लिङ, बान्तावा, दुमी, नाछिरिङ, थुलुङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ आदि, त्यसपछि मेवाहाङका सन्तानहरू मेवाहाङ, लोहोरूङ, याम्फु, याक्खा, आठपहरिया आदि र लाङलेवाका सन्तान सुनुवार पनि केही हदसम्म यसरी ‘ राईकरण !’ मा परेका छन् । हुन त हाल आएर मेत्नाहाङका सन्तान लिम्बुले आफ्नाे जात ‘सुब्बा’ हो भनी लेख्न छाडिसके ।

त्यस्तै, लाङलेवाका सन्तान सुनुवारले पनि आफ्नाे जात ‘मुखिया’ हो भनी लेख्न छाडिसके । उता मेवाहाङका सन्तान याक्खाले पनि आफ्नाे जात ‘देवान’ हो भनी लेख्न छाडिसके । तर, मेवाहाङका सन्तान मेवाहाङ, लोहोरूङ, याम्फु र आठपहरिया अनि खम्बुका सन्तानहरू जस्तै चाम्लिङ, बान्तावा, दुमी, नाछिरिङ, थुलुङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ आदिले भने आप्mनो जात ‘राई !’ भनी चिनाउन मै गर्व गरेझैँ लाग्छ । यसरी हेर्दा सबैभन्दा धेरै ‘करण !’ मा खम्बुका सन्तानहरू परेको देन्छि त्यसमा पनि बान्तावा, नाछिरिङ, मेवाहाङ, कुलुङ, साम्पाङ, बाहिङ आदिमा बढी नै राईकरण !’ भएको देखिन्छ ।

मान्छेहरूले सुन्दा अचम्म मान्लान् । कतिपय मान्छेहरूले त नपत्याउलान् पनि । तर, विसं ०५७-५८ देखि नै खम्बुका सन्ताहरूमध्ये कुलुङले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी यो पदवी वा पगरी ‘राई !’ लाई जातको रूपमा लेख्न छाडेर आफ्नाे असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहान्छौं ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । त्यसका लागि जनस्तरमा व्यापक रूपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भयो । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरूसँग भेटघाट र लबिङ गर्ने, साथै उनीहरूमार्फत आफ्नाे माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरू भए ।

त्यस क्रममा त्यो बेलाको घागडान राजनैतिक दलहरू नेकपा (एमाले), नेकपा (माले, वामदेव एमाले नर्फकँदासम्म), नेपाली कांग्रेस, नेपाली कांगे्रस (प्रजातान्त्रिक) देखि लिएर ठीकठीकैको राजनैतिक दलहरू सिपी (माले) (वामदेव एमाले फर्केपछि सिपी मैनालीले नेतृत्व गरेको र हालसम्म उनै सीपीले नेतृत्व गरेको माले), नेमकिपा (नारायणमान बिजुक्छे), संयुक्त जन मोर्चा (चुनाव चिन्ह हँसिया हथौडा), राष्ट्रिय जनमोर्चा (चुनाव चिन्ह गिलास), राप्रपा (नेपाल) चुनाव चिन्ह गाई), राष्ट्रिय जनशक्ति पार्टी (स्वर्गीय सूबथा, चुनाव चिन्ह छाता), राष्ट्रिय प्रजातन्त्र पार्टी ((चुनाव चिन्ह हलो) लगायत आउरे÷बाउरे राजनैतिक दल र तिनका नेताहरूसँग भेटघाट गर्ने र ज्ञापनपत्र दिने, आप्mनो माग पूरा गराउन प्रविद्धता जनाउन लगाउने कामहरू भए ।

त्यसै क्रममा अचानक माघ १९ को घटना पनि भयो । सामान्य रूपमा नेपाली राजनीति बुभ्mने सबैले थाहा पाएकै र धेरैले बिर्सिनसकेको राजनैतिक घटना पनि थियो, त्यो । त्यसपछि पनि बाहिङ, कुलुङ, चाम्लिङ, नाछिरिङ र लोहोरूङ गरी पाँच किराँतीहरूको संस्था (बाकुलोचाना) ले आफ्नाे जातीय स्वपहिचानको माग त्यागेन । फलतः आफ्नाे माग आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पुनः पेस गर्यो-राख्यो ।

किनभने, प्रतिष्ठानको ऐनले प्रधानमन्त्रीलाई नै प्रतिष्ठानको अध्यक्ष भनी किटानी साथ बोलेको छ । त्यसैले माघ १९ को राजनैतिक घटनापछि मन्त्रिपरिषद्को कार्यकारी अध्यक्ष पनि दाजै जस्तो चुप लागेर र टुलुटुलु हेरेर नबस्ने श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहदेव नै भएका थिए । यसरी प्रतिष्ठानको दफा दुई (क) मा व्यवस्था भए अनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार र मातहतमा रहेको र तत्कालीन स्थानीय विकास मन्त्रालय मातहत रहेको प्रतिष्ठानमा फेरि पनि आप्mनो माग पत्र पेस गर्यो ।

तर, त्यसपछि राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरूले नयाँ विषय पाए ‘–कुलुङे ढाक्रेहरू राजालाई जात माग्न दरबार गए !’ भन्ने । जबकि, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरू त्यति क्रान्तिकारी थिए भने उनीहरूले माघ १९ को राजनैतिक घटनापछि प्रतिष्ठानबाट हट्नु पर्थेन ? तर, सबैले देखे-भोगेकै कुरो हो ‘–कुलुङे ढाक्रेहरू जात माग्न दरबार गयो !’

भन्ने राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरू नयाँ अहिलेसम्म पनि प्रतिष्ठानमा एक जातीय संस्थाको-सदस्यको रूपमा बसी रहेकै छन् । त्यति मात्रै होइन, आदिवासी जनजाति महासंघको हरेक पटकको निर्वाचनमा राई यायोक्खा नामक एनजिओका उम्मेदवारले अध्यक्ष लगायत विभिन्न पदमा हारेको हारेकै गर्दा पनि चेतेका छैनन् । मानौं कि, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरूका लागि खासै केही भएकै छैन ! बुढापाकाले त्यसै भनेको होइन रहेछ, ‘–बाँच्नु मात्रै पर्छ, एक बारको जुनीमा अनेक देखिन्छ÷भोगिन्छ ।’

यसरी नेपालमा संभवतः (विसं ०४६ को राजनैतिक परिवर्तनपछि) विसं २०५७-०५८ देखि नै खम्बुका सन्ताहरूमध्ये कुलुङले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी यो पदवी वा पगरी ‘राई !’ लाई जातको रूपमा लेख्न छाडेर आफ्नाे असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहान्छौँ , भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । त्यसका लागि जन स्तरमा व्यापक रूपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भयो । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरूलाई भेटेर कुलुङ जातिलाई पनि अलग्गै जातीय स्वपहिचान दिइयोस् भनी लबिङ गर्ने काम सुरू गर्यो ।

आदिवासी जनजातिमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आप्mनो अलग्गै जातीय स्वपहिचान स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन– २०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री-राज्यमन्त्री कहाँ जाने र आफ्नाे समस्या बताउने, सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरू भए । यसै मेसोमा खम्बुका सन्तानहरू चाम्लिङ, नाछिरिङ, बाहिङ अनि मेवाहाङका सन्तान लोहोरूङ पनि कुलुङ एक्लैले गर्दै आएको जातीय स्वपहिचानको आन्दोलनमा सम्मिलित हुन आए ।

हाल कथित् राई भनेर चिनिने किराँतीहरू कसरी खम्बु अनि कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया, याम्फु आदि भयौं ? भन्नेबारेमा इतिहासकार बाहेक हाम्रा पिर्ता–पूर्खा र पूर्वजहरूले मौखिक रूपमा भनी आएको र केही लिखित दस्तावेजहरूले पनि स्पष्ट हुन सहयोग गर्दछ कि, किराँतीहरू आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किराँतीहरको ठूलो योगदान रहेको छ । तर, उनीहरूको योगदानलाई इतिहासमा उल्लेख गरिएन ।

(किराँतः इन एनसियन्ट इन्डिया) । रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थहरूमा समेत किराँतीहरूको उल्लेख हुनुबाट पनि किराँती भूमि हालको भारतको ठूलो भूभाग रहेको थियो भन्ने जनाउंँछ । हाम्रा पूर्वज (बुढापाका) हरूले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरूले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरूङ, मगर, थारू, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किराँतका हाँगाहरू हुन् ।

खम्बुका सन्तानहरू धेरै भएकोले विभिन्न क्षेत्रमा पैmलिए । जस्तै बान्तावा (बुनतावा ः पानीको मूल) हालको भोजपुर (दिहाहाङ बाखा, छियाहाङ बाखा) क्षेत्र, चाम्लिङ थुलुङ (वाछाप्पा, वाछामा), खालिङ (ख्याल÷खाल) दूधकोसी वारिका क्षेत्रहरूमा बसोवास गरी आफ्ना भाषा, संस्कृति, चालचलनहरू बसाए । राताप्खू, खप (पिल्मो, सोत्तो), छेम्सी, ताम्सीका सन्तानहरू दूधकोसी पारी हुङ्गु (हुङ्वा) उपत्यका आसपास बसी एकै भाषा, संस्कृति अपनाए । पछि गएर यी चार पुर्खाहरूको सन्तानहरूको सामूहिक पहिचान नै कुलुङ रहन गयो । उनीहरूको बसोवास क्षेत्रलाई हाल महा–कुलुङ (ग्रेटर कुलुङ) भनेर चिनिन्छ । अझ कुलुङहरू त यो भू–क्षेत्रलाई आप्mनो मातृभाषामा ‘मा कुलू’ मात्रै भन्छन् ।

प्रतिक्रिया