काठमाडौं । लगातार परिरहेको पानी आज (शनिबार) पनि दिन भर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका केहि स्थानहरुमा र पश्चिमी भेगको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक९दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसैगरी शनिबार राती देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भेगका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक(दुई स्थानमा भारि वर्षाको सम्भावना छ।
पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एकरदुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित छ।
यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापीय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी २ दिन सम्म मनसुन अति सक्रिय रहने महाशाखाले उल्लेख गरेको छ। हाल देशभर लगातारको मनसुनी वर्षा जारी छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा र पश्चिमका एक(दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार पूर्व र मध्यका क्षेत्रका तराई र पहाडका एकरदुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।
साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।
प्रतिक्रिया