काठमाडौं । दीपकराज गिरी र रोहित अधिकारीले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ १० असोजदेखि देशभर प्रदर्शनमा आउने तयारीमा जुटेको छ । दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रसँगै निर्माता तथा निर्देशक अशोक शर्माको ‘रातो टीका निधारमा’ पनि दशैँको छेको पारेर प्रदर्शनमा आउने तयारीमा छ ।
गतवर्ष निर्माता दीपक र अशोकका चलचित्रको दशैंकै मुखमा प्रदर्शन गर्ने सन्दर्भमा भिडन्त नै चलेको थियो । यस वर्ष पनि दुवैजना दशैं रिलिज गर्ने साइत कुरेर बसेका छन् । १० असोजमा सोलो रिलिजको अवसर पाएमा दीपकको चलचित्र प्रदर्शनमा आउने निर्माण पक्षको तयारी गरिरहेको छ ।
यस्तै, अशोकले ‘रातो टिका निधारमा’ १७ असोजमा सोलो मौका पाएमा यी दुई चलचित्रको भिडन्त भने नहुने निश्चित छ । यसैबीच ‘छ माया छपक्कै’ को टिमले प्रदर्शन मितिका विषयमा राजनीति भएमा चुप लागेर नबस्ने जनाएको छ । अशोकले ‘रातो टिका निधारमा’ को पत्रकार भेटघाटमा समझदारीमा काम भए आफूले केही नगर्ने बताउँदै खेल खेलिए आफू पनि चुप लागेर नबस्ने जिकिर गरेका थिए ।
प्रतिक्रिया