बलात्कार

म समाज र कानुनको नजरमा बलात्कृत युवती । मलाई बलात्कार गरेको अपराधमा अदालतले सुमनलाई नगद जरिवानासहित दश वर्षको जेल सजायको निर्णय भर्खरै सुनाएको हो । आफूलाई बलात्कार गर्ने अपराधीले उचित सजाय पाउँदा खुसी नेै हुनुपर्ने थियो तर, म खुसी हुन सकिरहेकी छैन ।

सुमन र उसका वृद्ध बाबाआमासँग आँखा जुधाउने हिम्मत जुटाउन सकिरहेकी छैन म । मैले अदालती प्रक्रियामा पटकपटक सुमनको याचनापूर्ण हेराइको सामना गर्न नसकी आँसु झार्दै घोसेमुन्टो लगाएरै टारेकी थिएँ । समाज र कानुनले मेरो अविरल आँसु र निहुरिएको टाउकोलाई आफ्नै तरिकाले अथ्र्याउँदै सुमनलाई पीडक र मलाई पीडित मानिदिएको छ । तर, चलचित्रझैँ दिमागमा नाचिरहेको विगत म कसरी भुल्न सक्छु र ?

म स्नातक तहमा अध्ययनरत् २२ वर्षीया युवती अनि सुमन मेरै सहपाठी । तर, उमेरमा मभन्दा केही कान्छो सामान्य युवक । एकै गाउँका बासिन्दा र सहपाठी पनि भएकाले सुमन र मेरो भेटघाट र बोलचाल बाक्लै हुनु अस्वाभाविक थिएन । सुमन अध्ययनलगायतका दिमागी पक्षमा राम्रैमा गणना हुने अनि शारीरिक रूपरंगमा पनि छीः भनिहाल्नु नपर्ने सोझो र इमानदार युवक भएकाले म ऊप्रति विशेष आकर्षित थिएँ । भेटघाटका क्रममा पनि म उसलाई आफूतिर आकर्षित गर्न अनेकाँै प्रयास गरिरहन्थेँ । अझ भेट एकान्तको छ भने त के चाहियो र ? उसका हात समात्न, टाँसिएर बस्न, हाउभाउ कटाक्षसहित द्विअर्थी कुरा गरेर उसलाई हैरान पार्न मलाई कसले रोक्थ्यो र ?

यस्ता अवसरमा म चाहान्थेँ, मैले नमाने जस्तो गर्दागर्दै पनि ऊ मलाई अँगालो मारोस्, मेरो प्रशंसा गरोस्, मेरा अंगप्रत्यांग मुसारोस् र शरीर थिलथिलो हुने गरी मर्दन गरेर मेरा यौवनका सम्पूर्ण आवेग निकाली देओस् । ऊसँग पनि यौवनको आवेग त हुँदो हो नि ? अफसोस् उसले यस विषयमा खासै चासो नदिएझैं लाग्थ्यो मलाई ।

ऊ आफू त पहल गर्दैन थियो नै म सक्रिय भएर हरियो झण्डा देखाइसक्दा समेत बेवास्ता गथ्र्यो । उसको निस्क्रियताले उसको पुरुषत्वमाथि पनि यदाकदा शंका नउब्जिएको कहाँ हो र ? तथापि, उसको आकर्षणबाट टाढिहाल्न भने सकेकी थिइन म । मेरा अनियन्त्रित क्रियाकलापले यदाकदा ऊभित्र सिर्जित सुनामी उसको अनुहार र व्यवहारबाट अनुभूत गर्दै रमाउथेँ म । मलाई उसको जब्बर संयमता भने अपाच्य बन्दै थियो ।

माघ महिना, जाडो निकै बढेको थियो । बेंसीघरे काकाको घरमा स्वस्थानीको पूजा थियो । दिउँसो पूजा र राति जाग्रामको कार्यक्रम थियो । आमाले बिहानै काकीलाई सघाउनुपर्छ भनेर मलाई बेंसीघर पठाउनु भयो । म पनि रमाउदै बेंसीघर गएँ । एकै गाउँका बासिन्दा भएकाले सुमनको परिवार पनि पूजामा निमन्त्रित थियो नै । निम्तालुहरू आउने जानेक्रम दिउँसोदेखि साँझसम्मै निरन्तर चलिरहेको थियो । मेरा आँखा दिउँसोभरि सुमनलाई खोजिरहे ।

साँझ परिसकेपछि, ‘बाबाआमा घरमा नभएकाले घरायसी कामबाट बल्ल पो फुर्सद पाएँ,’ भन्दै सुमन आइपुग्यो । मेरो मन आनन्दित भयो । ऊ आइपुग्दा नाचगानलगायतका जाग्रामका रमाइला कार्यक्रम सुरु भइसकेको थियो । आफ्नो विनोदी स्वभावअनुसार सुमन पनि नाचगानलगायतका मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय भइरह्यो । राति करिब ११ बजेपछि ऊ घर फर्किने भयो । त्यहाँ उपस्थित सबैले उसलाई रातभरि त्यहीँ बस्न आग्रह नगरेका हैनन् तर आमाबाबा घरमा नभएकाले उसले घर फर्किनैपर्ने बाध्यतालाई सबैले स्विकार्नै प¥यो । मेरो पनि सुमनविना त्यहाँ किन मन मान्थ्यो र ? म पनि असाध्यै टाउको दुखेको बहाना बनाई सबैसँग बिदा भएर सुमनसँगै फर्किएँ ।

मेरो घर पुग्न सुमनको घरबाट १०–१५ मिनेट उकालो हिँड्नुपर्ने भएकाले ऊ मलाई मेरो घर पु¥याएर फर्किने मानसिकतामा थियो । तर, म सुमन घरमा एक्लै भएको अनि आफू पनि घर र जाग्राम दुवैतिरबाट सुरक्षित भएको यो सुनौलो मौकाको फाइदा उठाउने योजनामा थिएँ । उसले आनाकानी गर्दागर्दै पनि म उसकै घरमा बस्ने भएँ । रात निक्कै छिप्पिइसकेकाले सुमन मेरो लागि ओछ्यान मिलाउन लाग्यो ।

एक्लै सुत्दा डर लाग्ने र जाडो पनि हुने बहाना बनाउँदै मैले भने, ‘खाट ठूलै रहेछ, तिमी एक छेउमा अनि म अर्को छेउमा सुते हुन्न र ?’ ऊ अन्कनायो तर मेरो प्रस्तावलाई नकारेन ।

ऊ पनि एउटा स्वस्थ र जवान पुरुष, एक हदसम्म न संयम रहन सक्दोहोस् आगोछेउको घिउ कतिबेर पो नपग्ली रहन सक्छ र ? म त पग्लिएकै थिएँ, ऊ पनि त्यो दिन नराम्ररी पग्लिन बाध्य बन्यो । हामी दुवै पग्लियौँ र एकअर्कामाथि पोखियौँ । हामी शारीरिकरूपले एकाकार भयौँ त्यस दिन । मेरो योजना र चाहनाअनुसार नै ऊ पनि आवेगवश सक्रिय सहभागी भइरह्यो पग्लिने र पोखिने काममा ।

दुखाइ र कुमारीत्व गुमाउनुपरेको पीडाले म आत्तिएँ । रोएँ । उसलाई सक्दो गाली पनि गरेँ । त्यस घटनाको सम्पूर्ण दोष उसमाथि थोपरेर पानीमाथिको ओभानो बन्न खोजेँ म । अपराधबोधले ग्रसित सुमन आफू बहकिएकोमा पटक–पटक क्षमा याचनासहित आइन्दा यस्तो गल्ती कदापि नदोहो¥याउने प्रतिबद्धता जाहेर गरिरह्यो ।

समयको गतिसँगै त्यस दिन सिर्जित पीडा र क्षोभबाट मुक्त हुँदै गएँ म । सुमन र मेरो पूर्ववत् भेटघाट र बोलचाल हुन थाल्यो । ऊ पनि सामान्य अवस्थामा फर्किसकेको थियो । अब हामीलाई एकआपसमा खुल्न गा¥हो थिएन । मौका मिल्नासाथ हामी एकअर्कामा पोख्खिरह्यौ पटक पटक, पहिलो दिनको सम्पूर्ण पीडा बिर्सिएर ।

त्यो दिन बुबा र दाई खाना खाएर खेततिर जानुभयो । आमा मलाई ‘भाँडा माझेर घरको सरसफाइ गर हैँ,’ भन्दै बाख्रालाई घाँस लिन हिँड्नुभयो । म आँगनमा थिएँ । त्यति नै वेला सुमन हाम्रो घरछेउको बाटोबाट उँभो आउँदै गरेको देखेँ । मैले उसलाई बोलाएँ, ऊ आयो पनि । उसको अनुहार मलिन थियो । गफकै क्रममा थाहा भयो ऊ त बिरामी भएर हेल्थपोस्ट पो हिँडेको रहेछ ।

घरमा कोही नभएको र संयोगवस ऊ पनि आइपुगेको मौकाको फाइदा उठाउने उद्देश्यले मैले उसलाई कोठामा जान इशारा गरें । थोरै अन्कनाउदै मसँगै कोठामा आयो ऊ । कोठामा पुगेपछि के–के भयो भयो ? हामी संसार बिर्सिएर एकाकार भयौँ र आपसमा पोखिन थालिहाल्यौँ ।

‘के गरेको यस्तो’ आमाको चर्काे आवाजले हामीलाई यथार्थ धरातलमा ओराल्यो । आपसमा पोखिने हतारोमा हामीले त कोठाको ढोका नै पो लगाउन बिर्सिएछौँ । ढोकामा आमा, तल्लो घरकी काकी, मसिनी भाउजू र मेरी साथी उमा उभिएका थिए । हामी आत्तियौं । बेहोसीमै हामी हतारहतार लुगा सम्हाल्न थाल्यौँ । रंगेहात पक्राउ पर्दाको अकल्पनीय भय हामी दुवैमा थियो । आमा चिच्याउँदै कोठामा पसेर उसलाई लछारपछार गर्न थाल्नुभयो । काकी र भाउजू पनि कराइरहनु भएको थियो । उमा भने चुपचाप टोलाइरहेकी थिई ।

म रुन थालेँ र निरन्तर रोइरहेँ । भाग्नुपर्ने सुमन नपाएर त पक्कै हैन बरु नचाहेर हो कि अहँ भाग्दै भागेन । चर्काे हल्लाखल्लाका कारण एकैछिनमा गाउँलेहरू जम्मा भए । खबर पाएरै त होला एकछिन पछि बुबा र दाइ पनि आइपुग्नुभयो । दाइ र गाउँका केटाहरू मिलेर सुमनलाई मरणासन्न हुनेगरी कुटे अनि प्रहरी बोलाएर जिम्मा लगाइदिए ।

हदैसम्मको सजायको मागदाबीसहित सुमनविरुद्ध मुद्दा दायर गरियो । ऊ सामान्यतया आँसु बगाउन प्रतिबन्धित पुरुष भएकाले अपराधी दरियो । उसको परिवार पनि यो सुनामीको चपेटाबाट बच्न पाएन । मेरो परिवारको वेदना पनि उस्तै रह्यो । म अवला नारी अनि निरन्तर प्रशस्त आँसु बगाउने सामथ्र्यका कारण समाज र कानुनका नजरमा निर्दोष मात्र हैन पीडित ठहरिएँ । तर, सुमन…?

प्रतिक्रिया