पोस्टर डिजाइन आर्ट हामी कहाँ नौलो विषय हुँदै होइन । धेरै अघिदेखि हाम्रा कलाकारले पोस्टर डिजाइनका माध्यमबाट विविध विषय र सामग्रीको प्रचार–प्रसार गर्दै आएका छन् ।
त्यसो त संसारमा थुप्रै किसिमका पोस्टर बनाइन्छ । जसले मानिसलाई विषयप्रतिको बुझाइलाई सरल बनाउन मद्दत गर्दछन् । उदाहरणका लागि राजनैतिक पोस्टर, सिनेमाको पोस्टर, खेलकुदका पोस्टर, म्युजिकल कन्सर्टका पोस्टर, शैक्षिक मेलाका पोस्टर, कमिक पोस्टर, तिर्थ यात्रासम्बन्धी पोस्टर, पर्यटनसम्बन्धी पोस्टर, बस यात्रासम्बन्धी पोस्टर, पर्वतीय पोस्टर, मेला पर्व–सांस्कृतिक पोस्टर, जनतालाई ज्ञान दिने, सचेत बनाउने, निर्वाचन अभियानसम्बन्धी पोस्टर, खोपसम्बन्धी पोस्टर, यस्ता कैयौं किसिमका पोस्टरले मानिसलाई संप्रेषित गर्ने काम गर्छ । जसको उपयोग थोरबहुत रूपमा हामीले पनि गर्दै आएका छौँ ।
पहिले पहिले हातले बनाएका पोस्टरहरू बजारका भित्ताहरूमा देख्न पाइन्थ्यो । जब संसार डिजिटल युगमा प्रवेश ग¥यो तब यसलाई टुल्सका रूपमा प्रयोग गरी पोस्टर बनाउन थालियो । डिजिटल माध्यमबाट पोस्टर बनाउने कार्य हुन थालेपछि हातले बनाउने पोस्टरहरू कम देखिन थालेका छन् । खासगरी, यसको प्रभाव सिनेमाका ठूल्ठूला पोस्टरहरूमा प¥यो । समयक्रम सँगसँगै हातले बनाउने पोस्टरभन्दा छिटोछरितो, आकर्षक पोस्टर डिजिटल प्रविधिबाट बन्न थाल्यो र सिनेमा हलमा डिजिटलबाट बनेका आकर्षक पोस्टर देखिए ।
यसैप्रसंगमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पनि खुल्ला पोस्टर डिजाइन प्रतियोगितामा पनि डिजिटल वा मेनुअल बनाउन सकिने भनेर सार्वजनिक आह्वान ग¥यो । सरकारले अगाडि सारेको नारा ‘समृद्ध नेपालः सुखी नेपाली’ शीर्षकमा प्रतियोगिताको आयोजना समेत ग¥यो । विषय समृद्ध मुलुकको चाहनाप्रति कलाकारको दृष्टि कस्तो हुँदोरहेछ सो कुरा आज राष्ट्रले नै जान्न चाहेको छ । प्रतिष्ठानले पनि त्यसै विषयमा केन्द्रित रही देशको समृद्धि र विकाससँगै सुखी नेपालीको चाहनालाई कलाकारको दृष्टिकोण पस्किने ध्येयका साथ प्रतियोगिताको आयोजना गरेको हो ।
कला एउटा यस्तो सशक्त माध्यम हो जसमा हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा सिंगो पोस्टरले व्यक्त गरिदिन्छ । यही सत्यलाई आत्मसात् गर्दै पोस्टर डिजाइन कलाको माग बढेको छ । हामीकहाँ निर्वाचनकाा वेला विभिन्न राजनैतिक दलका चुनावसम्बन्धी पोस्टरहरू बनेको पाइन्छ तर, अरु वेला राजनीतिक दृष्टिकोण र अन्य सामाजिक विषयमा भने थोरै नै पोस्टर बनाइन्छ । निर्वाचनको समयमा निर्वाचन आयोगले मनग्य मेनुयल, डिजिटल पोस्टरहरू डिजाइन गरेर आममानिसमा संप्रेषण गरेर सूचना प्रवाह गर्ने गर्दछ । यसैगरी, खोपसम्बन्धी पोस्टरहरूसमेत विभिन्न पटक देख्न पाइन्छ । राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा खेलकुदसम्बन्धी थरिथरिका पोस्टर डिजाइन गरेर राष्ट्रभरि नै प्रचार–प्रसार गरिन्छ । यदाकदा म्युजिक कन्सर्ट हुनेभयो भने आयोजकले पोस्टर डिजाइन गरेर सहरभरी संप्रेषण गर्दछन् ।
पोस्टरको औचित्य विश्वभरी नै छ । इ.स. १८४० देखि उत्पादन १८५० का बीचमा जब रंगीन लिथोग्राफी सुरु भयो । त्यसै वेलादेखि संख्यात्मक उत्पादन (मास प्रोडक्सन) का रूपमा पोस्टरहरू निकाल्न थालियो । पोस्टरका सम्बन्धमा भनिन्छ, ‘दे आर अ फ्रिक्वेन्ट टुल अफ एडभर्टाइजरस् पार्टिकुलर्ली अफ एभेन्टस्, म्युजिसियनस् एन्ड फिल्मस्, प्रोपागान्डिस्, प्रोटेस्टोरस् एन्ड अदरस् ग्रुपस् ट्राइङ टु कम्यिुनिकेट अ म्यासेज ।’
एकजना फ्रेन्च इतिहासकार म्याक्स गालिओका अनुसार झण्डै दुई सय वर्ष अगाडिदेखि विश्वबजारमा पोस्टरहरू प्रदर्शनी गर्न थालिएको हो । पोस्टरको मूलभूत उद्देश्य सहर÷गाउँका गल्लीहरूमा हिड्ने यात्रु, विद्यार्थी, पर्यटक आदि सबैलाई सम्बन्धित विषयको ज्ञान प्रवाह गर्नु हो ।
यसैगरी, पोस्टरविज्ञ जोन बार्निकोटका अनुसार यो एक मान्यता प्राप्त कलाको फर्म हो । जसले धेरै प्रसिद्ध कलाकार लुत्रेक, मुन्चदेखि थुप्रै कमर्सियल डिजाइनरलाई आकर्षित ग¥यो । उनी लेख्छन्,…They have ranged in styles from Art novean Symbolism, Cubisim and Art Deco to the more formal Bauhaus and the often incoherent hippie posters of the 1960.
जब क्रोमालिथोग्राफी आविष्कार भयो तब अन्य थुप्रै प्रसिद्ध कलाकारहरू जुलेस च्यारे, इजिन ग्रासिट, एडोल्फ विलेट, पियरे बोनार्ड, लुइस अंगुइटिन, अल्फ्रेड चौब्राक, जर्जेज डे फौर र हेनरी गाब्रिएल इबेलस (स्रोतः द मोर्डन पोस्टर, आर्सेन अलेक्जेन्डर) ले पोस्टर बनाए । तर, यसमा व्यवसायिक सफलता भने युजेन ग्रासे र अल्फोनिज मुचलाई मात्र प्राप्त भयो ।
विज्ञापन पोस्टर एक प्रकारको ग्राफिक आर्ट नै हो । पोस्टर कलाकारहरू जस्तै थियोफिल स्टेनलेन, अल्बर्ट गुइलौम, लियोनेट्टो क्यापिएलो, हेनरी थिरिटले बनाएका पोस्टरले सामाजिक र राजनैतिक विचारलाई उजागर गर्दथ्यो ।
यसैगरी, अमेरिकामा सर्कसको प्रचार–प्रसारको लागि सन् १८५० तिर (यतिवेला नेपालका श्री ३ जंगबहादुर बेलायत भ्रमणमा थिए ।) पोस्टरहरूको प्रयोग गरिएको थियो । त्यसवेला उडकटबाट पोस्टर प्रिन्ट गरिएको थियो । तर, जब युरोपमा क्रोमोलिथोग्राफीको प्रचलन सुरु भयो तब अमेरिकन कलाकारले पनि क्रोमोलिथोग्राफीलाई प्रचार–प्रसारमा ल्याउन थाले । त्यसवेला अमेरिकन कलाकार इडुवाड पेन फिल्ड र विल ब्रान्डले अमेरिका युरोपमा पोस्टर कलाकारका रूपमा ख्याति कमाएका थिए ।
पोस्टर आर्टकै कुरा गर्दा विश्वप्रसिद्ध कलाकार हेनरी द तोलुसे लुत्रेक (१८६४–१९०१) पोस्टर आर्टमाथि अलिकति चर्चा गर्नुपर्छ । लुत्रेक पोस्टर आर्टका लागि पनि प्रसिद्ध छन् । उनको आइकोनिक पोस्टर ‘ला गुले एट द मौलिन रग’ नै हो । उनलाई यो पोस्टर डिजाइन गर्ने अडर माउलिन रगका प्रोप्राइटर चाल्स जिडलरले दिएका थिए । कलाकार लुत्रेकले डान्सर लुइस वेभर (१८६६–१९२९) लाई जापानिज प्रभावमा परेर ला गुले अर्थात् द ग्रेडिवन अथवा द ग्लुटन जस्तो लिथोग्राफ प्रिन्टबाट बनाए । रातो, पहेलो र निलो मसीमा रंगिएको सो पोस्टर आकर्षण बन्यो । पहिलो पोस्टर डिजाइनको सफलताले गर्दा उनले डिभान जापोनिज १८९२, जान एभरिल आउ जर्दिन डे पेरिस–१८९३, मे बेल्फोर्ट–१८९५’ लगायतका विभिन्न लिथियोग्राफी प्रिन्टबाट पोस्टर बनाए ।
तर, अब जमाना लुत्रेकको छैन । डिजिटल प्रिन्ट मिडियाले गर्दा धेरै नै थरिका पोस्टर डिजाइन हुने गर्दछन् । हातले बनाएका पोस्टर सा¥है थोरै बन्छन् । डिजिटल प्रिन्टले थरिथरीका पोस्टर बनाउन सकिन्छ हाम्रो सन्दर्भमा अत्याधुनिक प्रविधि प्रयोग गरेर कलाकारले थरिथरीका पोस्टर डिजाइन गर्ने गरेका छन् ।
खास सरकारी मन्त्रालयहरू जस्तैः वन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, युनिसेफ, परिवार नियोजन लगायतका कार्यालयले आफ्ना समाचार, सूचना संप्रेषण गर्न पोस्टर कला माध्यम प्रयोग गर्ने गरेका छन् । डिजिटल प्रविधि र मेनुअलबाट यस्ता पोस्टरहरू तयार गरिन्छ । यसको अलावा टिभी, एफएम, रेडियो माध्यमबाट पनि सूचना संप्रेषण गर्ने गरिन्छ । तर, सञ्चारमाध्यम महँगो पर्ने भएको हुँदा पोस्टर कलालाई नै सशक्त हतियारका रूपमा ग्रहण गरिएको हो ।
सन्देशमूलक पोस्टर डिजाइन गर्नु पनि एक अभियान नै हो । ‘समृद्ध नेपालः सुखी नेपाली’ भन्ने सरकारको जनचेतनामूलक नारा हो । नेपाललाई समृद्ध कसरी बनाउन सकिन्छ भन्ने यस अन्योलको विषयलाई सरलीकरण गर्नका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले पोस्टर डिजाइन प्रतियोगिताको आव्हान गरेको हो । उक्त नाराको विषयभित्र प्रवेश गरेर कलाकारले बनाएका पोस्टरमा समृद्ध नेपाल कसरी बनाउन सकिन्छ भन्ने थुप्रै सुझाब समेटिएका छन् । यी सुझाब अध्ययन गरेर यिनीहरूमध्येको उत्कृष्ट पोस्टरको प्रिन्ट गरेर नेपालभरी नै प्रचार–प्रसार गर्न सकिन्छ । यस कामका लागि हामी सबै लाग्नुपर्दछ र यो सार्थक थालनीको सम्मान पनि गरिनु पर्दछ ।
वर्षको अन्त्यमा वास्तुकला तथा सिर्जनात्मक कला विभाग र नेपाल कमर्सियल आर्टिस संघको संयुक्त आयोजनामा ‘खुल्ला पोस्टर डिजाइन प्रतियोगिता तथा प्रदर्शनी–०७६’ आसर २१ गते २५ गतेसम्म सम्पन्न भयो । उक्त प्रदर्शनीको समुद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले एक कार्यक्रमका बीच गर्नुभयो ।
आफ्नो उद्घाटन भाषणमा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने विषयमा जति पनि पोस्टरहरू प्रदर्शित भएका छन् ती पोस्टर प्रयाप्त मात्रामा प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा आएका पोस्टरले समाजमा सकारात्मक सन्देश दिने खालका छन् । जेहोस् यो पहिलो पोस्टर प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर मिलेको छ । आगामी दिन सुधार हुने अपेक्षा गर्दछु ।’
उक्त पोस्टर डिजाइन प्रतियोगिता कलाकार रश्मी श्रेष्ठ, अमनराज काफ्ले, राजकी अर्याल, शशि राउत, राहुल यादव, विमोचन स्वर्णकार, अनुराग भुर्तेल, प्रवीण राई, आदित्य तिमिल्सिना, अनोज खड्का, अनुप आयोघी, अनुप केसी, अनुराग खतिवडा, अस्मिता पोखरेल, अस्मिता श्रेष्ठ, आयुष कर्ण, भगवती शाही, बिहान प्रसाई, ब्रिस्टिना श्रेष्ठ, दर्शना बस्नेत, दीक्षिता चापागाईं, ग्लोरिसा भण्डारी, एच.एस ढुंगाना, हर्षिता बर्मा, हिमाल पौडेल, थतिक वराइन, कला गुरूङ, कूस्तव न्यौपाने, कृतिष चुल्याद्य, मनोग्य खनाल, मुस्कान यादव, नविन घर्ती मगर, प्रमिला खनाल, प्रशंसा एैर, रामकृष्ण राई, रिझन थापा बस्नेत, सगुन दुवाडी, शाम्भवी लामिछाने, सम्बोधन खड्का, सन्ध्या माझी, सिजन थापा मगर, सृजना थापा, सत्यवान पागिला, शुभेक्षा गुप्ता, सुचन महर्जन, सुहान विक्रम बस्नेत, सुयोग्य के.सी., तेजस्वी श्रेष्ठ, टिकाराम भुजेल, टिक्सना राई, उन्नयन पण्डित, गरी कुल ५८ कलाकारको सहभागिता रहेको थियो ।
जसमध्ये रश्मी श्रेष्ठ प्रथम (नगद पुरस्कार २०,०००÷–), अमनराज काफ्ले द्वितीय (नगद पुरस्कार १५,०००÷–), र राजकी अर्याल तृतीय (नगद पुरस्कार १०,०००÷–) भए । त्यसैगरी शान्त हिताङ, शसि राउत, राहुल यादव, विमोचन स्वर्णकार, अनुराग भूर्तेल र प्रविण राईले सान्त्वना पुरस्कार रू १०००÷– नगद सहित प्राप्त गरे । सबै विजयी कलाकारलाई प्रमुख अतिथि कुलपति कर्माचार्यले प्रमाण–पत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।
उक्त कार्यक्रमको प्रारम्भमा क्यानका महासचिव भोलानाथ पौडेलले ‘यस वर्ष हामीले धेरै कुरा सिक्ने मौका पायौं । आगामी वर्ष नियममा, सहभागीतामा सुधार गरिने छ,’ भन्दै सबैलाई स्वगत गर्नुभयो । सोही अवसरमा विभागीय प्रमुख प्राज्ञ रमेशनाथ खनालले पोस्टर डिजाइनको महत्व र औचित्यमाथि प्रकाश पार्नुभयो ।
सो कार्यक्रमा धन्यवाद ज्ञापन प्राज्ञसभा सदस्य प्राज्ञ सञ्जय वान्तवाले गर्दै भन्नुभयो, ‘अथक प्रयासका बाबजुद पनि सोचेजस्ता पोस्टरहरू प्राप्त हुन सकेनन् । कतिपय कलेजको परिक्षाले पनि डिस्टर्ब ग¥यो । अर्को वर्ष दशैँ–तिहारपछि कार्यक्रम आयोजना गर्नुपर्दछ ।’
उक्त उद्घाटन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष आइबी मल्लले भन्नुभयो, ‘कतिपय कलाकारले पुरस्कारको राशि सा¥है थौरै भयो भन्ने
गुनासो पोखे । अतः एकेडेमीजस्तो सरकारी निकायले पुरस्कारको राशि बढाउनुपर्छ । साथै, कक्षा ११ सम्मको न्यूनतम मापदण्ड निर्धारण गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । साथै, विद्यालयका लागि बेग्लै कार्यक्रम घोषणा गर्नुपर्दछ ।’
उक्त पोस्टर डिजाइन प्रतियोगिता निर्णायक समितिका संयोजक– आई.बि.मल्ल, सदस्य– प्रा.राधेश्याम मुल्मी, अशोकमान सिंह रहेका
थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको ग्यालरी कक्षमा आयोजना गरिएको उक्त प्रदर्शनी असार २५ गतेसम्म सञ्चालन भएको थियो । जुन प्रदर्शनीप्रति रुचि राख्दै सयौं कलापारखी अवलोकन गर्न पुगेका थिए ।
(लेखक प्राज्ञ खनाल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख हुनुहुन्छ ।)
प्रतिक्रिया