रौतहटका सुगमस्थल नै डुबानमा

रौतहट । तीन दिनदेखिको अविरल वर्षाले बागमती र लालबकैया नदीको बाँध भत्कँदा वस्तीमा पानी पस्यो । बागमती, लालबकैया र चाँदी नदीमा जलस्तर र बहाव बढ्दो छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार बागमती नदीले रौतहटको गढीमाई नगरपालिका–८ लक्ष्मिपुर नजिकको बाँध कटान गरेको छ ।

यसैगरी लालबकैया नदीले फतुवा विजयपुर नगरपालिकास्थित हर्षाहा गाउँको बाँध कटान गरेको छ । जिल्लाका अधिकांश भूभाग पानीले भरिएका छन् । डुबानको खतरा बढ्दै गएको छ । बिहीबार राती लालबकैया नदीले बगाउँदा ईशनाथ नगरपालिका–३ का ३५ वर्षीय रामपुकार पटेलको मृत्यु भएको छ । रौतहटको जनजीवन प्रभावित बनेको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरदेखि पूर्वमा रहेको कजवेमा पानीको उच्च बहावका कारण बिहीबार रातीदेखि शुक्रबार दिउसो ३ बजेसम्म सयौँको संख्यामा सवारी साधन रोकिएका थिए । जिल्लाको अधिकांश स्थानमा विद्युत सेवासमेत अवरुद्ध छ ।

अविरल वर्षाले चन्दपुर नगरपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालय डुबानमा परेको कारण विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा स्थगन भएको छ । जिल्लाको बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुबानमा परेका छन् । सदरमुकाम गौरसमेत डुबानमा परेको छ । जसको कारण स्थानीय त्रसित छन् । बागमती र लालबकैया आसपासका वासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने भएको छ ।

पानीको सहत बढ्दै गर्दा ती नदीको आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने उपरीक्षक खत्रीले बताएका छन् । रौतहटको गढीमाई न.पा.–६, सिंहरवन भन्ने स्थानमा ५० वर्षीया स्थानीय महिला दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएकी छन् । उनको प्रहरी र स्थानीयद्वारा खोजी कार्य जारी रहेको छ ।

रौतहटको वृन्दावन न.पा.–१ स्थित बागमती नदीको बीचमा रहेको टापु बलेरी खोर भन्ने स्थानमा बसोवास गर्ने समूह जोखिममा रहेको छ । उद्धारका जिल्ला सुरक्षा समितिले नेपाली सेनाका मेजर र विश्रामपुर चौकीबाट प्रहरी नायव निरीक्षकको टोली त्यसतर्फ खटाएको र नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गर्ने तयारी भएको छ । करिब १७-१८ जना मानिसलगायत चौपायासमेत टापुमा फसेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको छ ।

उनीहरूको रबर बोटमार्फत उद्धार गरिएको सेनाले जनाएको छ । जिल्लाको राजपुर न.पा.–९ फतुवा पुल पश्चिमतर्फको नहरको बाँध फुट्दा बैरीया गाउँ डुबानको खतरा भएकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ । बागमती नदीले रौतहटको गढीमाई नगरपालिका–८ लक्ष्मिपुर नजिकको बाँध कटान गरेको छ । यसैगरी लालबकैया नदीले फतुवा विजयपुर नगरपालिकास्थित हर्षाहा गाउँको बाँध कटान गरेको छ । प्रहरीको उद्दार टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बागमती नदीले रौतहटको गढीमाई नगरपालिका–८ लक्ष्मिपुर नजिकको बाँध कटान गरेको छ । यसैगरी लालबकैया नदीले फतुवा विजयपुर नगरपालिकास्थित हर्षाहा गाउँको बाँध कटान गरेको छ । माध्यमिक विद्यालय डुबानमा परेको कारण विद्यार्थीको प्रथम त्रैमासिक परिक्षा स्थगन गरिएको छ । बाढीको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया