८ घण्टा विमानस्थल बन्द

काठमाडौं । धावनमार्गबाट विमान चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विहिवार दिनभर बन्द हुन पुगेको छ । जसले गर्दा सयौं यात्रुहरु विमानस्थलमै अलपत्र परेका थिए ।

धनगढीबाट आएको यति एयरलाइन्सको विमान अवतरणको क्रममा विमानस्थलको रनवेबाट चिप्लिएर घासे मैदानमा गएपछि उडान र अवतरण अवरुद्ध भएको हो । विमानस्थलले नोटाम जारी गरेको थियो । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विहान ११ बजेपछि बन्द भएर साँझ ७ बजेबाट मात्र सुचारु भएको थियो । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण अवरोध भएको थियो ।

घाँसे मैदानबाट ६ बजेर ४० मिनेटमा जहाज झिकिएको थियो । शुक्रबार दिनभर उडान नभएपछि रातभर विमानस्थल संचालनमा ल्याइएको छ । यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागेका थिए । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएकाले समय लागेको विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया