नाईजेरिया सेमिफाइनलमा

एजेन्सी, इजिप्ट । साउथ अफ्रिकालाई हराउँदै नाईजेरिया अफ्रिका कप अफ नेसन्सको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा नाईजेरियाले साउथ अफ्रिकालाई २–१ गोल अन्तरले हराएको हो ।

विलियम ट्रोस्ट एकोङले खेल सकिन एक मिनेट अघि नाटकीय गोल गर्दै नाईजेरियालाई अन्तिम चारको यात्रा तय गराए । स्यामुयल चुकेउजेले २७ औँ मिनेटमा गोल गर्दै नाईजेरियालाई सुरुआती अग्रता दिलाएका थिए ।

भिल्ला रियलका युवा खेलाडी चुकेउजेले देशका लागि पहिलो गोल गर्दै टोलीलाई अगता दिलाउन सफल भएका हुन् । बोन्गनी जुंङगुले ७१ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । नाईजेरियाले अब आइभेरी कोस्ट र अल्जेरियाबीचको विजेतासँग दोस्रो सेमिफाईनलको खेल खेल्नेछ ।

प्रतिक्रिया