२७ वर्षपछि इंग्ल्यान्डलाई अवसर

एजेन्सी, लन्डन । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज साविक विजेता अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । बेलायतको बर्मिघममा नेपाली समयअनुसार अपरान्ह सवा तीन बजे हुने हुने खेलमा पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौँ पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको हो ।

घरेलु टोली इंग्ल्यान्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा हुनेछ । अष्ट्रेलिया सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाईनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो । बाँकी खेलमा उसले उपाधि उचालेको छ ।

इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा समेटियो । अष्ट्रेलिया यस विश्वकपमा समूह चरणमा ९ म्याचमा ७ खेल जितेको थिया । दुई खेलमा पराजय भएको छ । लीग चरणमा इंग्ल्यान्ड अष्ट्रेलियासँग ६४ रनले हारेको थियो । बिहीबारको विजेताले फाइनलमा न्यूजिल्यान्डको सामना गर्ने छ । फाइनल खेल आइतबार हुने छ ।

प्रतिक्रिया