च्यासलको सान्त्वना जित

काठमाडौं । भ्याली च्यासल युथ क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा सान्त्वना जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मछिन्द्र फुटबल क्लब २(१ गोल अन्तरले पराजित गर्दै च्यासलले सान्त्वना जित निकालेको हो ।

लिग चरणको अन्तिम खेलमा च्यासललाई जित दिलाउन कर्मा शेर्पाले दुई गोल गरे । मछिन्द्रका लागि कृष्ण भण्डारीले एक गोल फर्काए ।
यो जितसँगै समूह ’ए’ को च्यासलले ४ खेलबाट ४ अंक जोड्यो । तर, च्यासल क्वाटरफाइनलमा पुग्न सकेनन् ।

च्यासलसँग पराजित भएपनि मछिन्द्रले क्वाटरफाइनलमा स्थान बनाएको छ । मछिन्द्रले ४ खेलबाट ६ अंक जोड्यो । यस समूहबाट हिमालयन शेर्पाले पनि ६ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

 

एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया