हलमा ‘सानो मन’

काठमाडौं । सुयोग गुरुङले निर्देशन गरेको नेपाली चलचित्र ‘सानो मन’ २७ असारदेखि देशभरका ७० भन्दा बढी हलमा रिलिज हुने भएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीबार यो चलचित्रको क्युएफएक्स कुमारी हलमा प्रिमियर गरियो ।

सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाई आफूले राम्रो बनाउनु कुनै कसर बाँकी नराखेको निर्देशक गुरुङले बताए । गुरुङको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्रमा अभिनेता आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको मुख्य भूमिका छ ।

काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँमा छायांकन गरिएको यो चलचित्रका निर्मातामा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर रहेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । यो चलचित्रलाई ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइटेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रकोे भिएफएक्स नगेश कँडेलले गरेका छन् ।

प्रतिक्रिया