सानिमा लाइफको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले साधारण सेयर(आईपीओ) निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सानिमा लाईफ इन्स्योरेन्सको प्रधान कार्यलय, कमलादीमा असार २५ गते आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाईँ प्रमुख वित्त अधिकृत आर्यकरञ्जन बराल तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुशार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने ६० करोड रकम बराबरको सेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पूर्ण कार्य बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ ।

प्रतिक्रिया