कुमारी बैंकले थप्यो दुई शाखा

काठमाडौं । कुमारी बैंक लिमिटेडले एकै दिन काठमाडाैं उपत्यकामा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको झम्सिखेल र काठमाडाैंको ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको देशव्यापी शाखा संजाल संख्या ९६ पुगेको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९६ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया