नेविसंघद्धारा काठमाडौँमा राँके जुलुस, १४ कार्यकर्ता पक्राउ

काठमाडौँ । नेपाली कांग्रेस निकट नेविसंघले आज साँझ बाइपासहुँदै बालाजु चोकसम्म राँके जुलुस निकालेको छ । उक्त जुलु निकालेर बालाजु चोकमा कोणसभा गर्ने क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले नेविसंघका १४ जना कार्यकर्ता लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य सुशील भट्टसहित निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन रहेका छन् ।

भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै आन्दोलनमा उत्रिएको नेविसंघले राँके जुलुस निकालेको हो ।

प्रतिक्रिया