काठमाडौं । नेपालका विविध संस्कृति, जनजीवन, प्रकृति तथा सामाजिक मनोविज्ञानका विषय समेटिएका कला प्रदर्शनी सुरु भएको छ ।
‘इलिसियन’ शीर्षकमा मंगलबार कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा भएको उक्त प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले उद्घाटन गरे । न्यू समिट कलेज÷युनिभर्सल कलेज मैतिदवी, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सदस्यसचिव घिमिरेले नेपाली कलाको विकासमा शिक्षाको महत्व विशिष्ट हुने बताए । उनले भने, ‘प्रदर्शनीमा नवआगन्तुक कलाकारले बनाएका कलाकृति निकै आकर्षक र सम्भावनाले युक्त छन् । आगामी दिनमा अझ उत्कृष्ट काम गर्ने अपेक्षा राखेको छु ।’ उनले कलाको अन्तर्राष्ट्रिय भाषा हुने भएकाले यसले देशको पहिचानलाई फैलाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
त्यस्तै, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रका डेपुटी डाइरेक्टर एलेक्सी कोटल्यारोमले कलाले मानिसलाई अन्तर्राष्ट्रिय रूपमा जोड्ने बताए । उनले कलाको भाषा पृथ्वीका सबै मानिसले बुझ्ने बताउँदै भने, ‘कलाले देश देशबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण सघाउ पु¥याइरहेको हुन्छ ।’
विगत सात वर्षदेखि ललितकला विषय अध्यापन गराउँदै आएको युनिभर्सल÷न्यू समिट कलेजले नेपाली कला क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवालीले बताए । उनले भने, ‘कलाले देशको संस्कृति आयामलाई अन्तर्राष्ट्रियकरण गर्ने भएकाले यसको विकासका लागि कलेजले विविध गतिविधि गर्दै आएको छ ।’
नेपाली कलाको विकासमा शिक्षाको भूमिका अहम् हुने भएकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले कलेजस्तरीय विविध गतिविधि गर्नुपर्ने धारणा राख्दै डा. ज्ञवालीले ललितकला देशको पहिचान भएको जिकिर गरे ।
प्रदर्शनीमा हरिहर खत्री, मिङ्मा तामाङ, सुजल श्रेष्ठ, ओमप्रकाश सिंह, विशाल सुवेदी, कर्णजंग नेपाली, नवीन घर्तीमगर, विजय रिजाल, कृतिशा चुल्याद्य, सहिल शाही ठकुरी, राम घलान, आश्वासन मिश्र, निकिता श्रेष्ठ, नवीन नापित, साहिल महर्जन, पूर्णिमा राई, हरिराम चौधरी, सुचान महर्जन, प्रभात राई, असिमता राई, बिदेल राई, कृति तिमिल्सिना, आशिष धिमाल, पासाङ डोल्मा शेर्पा लगायतका कलाकार सहभागी छन् । न्यू समिट÷युनिभर्सल कलेजमा अध्ययनरत् साढे दुई दर्जन विद्यार्थीका चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी एक हप्ता रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया