होटेलमा भेटिन्छन् मन्त्रालयका कर्मचारी

सुर्खेत । कर्णाली प्रदेशसभा सांसद धर्मराज रेग्मीले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका धेरैजसो कर्मचारीहरू होटेलहरूमा भेटिने गरेको बताएका छन् ।

‘मन्त्रालयका कर्मचारीहरू कर्णालीको राजधानी र जिल्लाजिल्लाका होटलहरूमा भेटिनुहुन्छ’, सांसद रेग्मीले भने, ‘सामाजिक विकास मन्त्रालयका बजेट अन्तत्र्रिmया र गोष्ठीमा सीमित भएका कारण पनि यस्तो भएको होला ।’ सोमबार कर्णाली प्रदेशको प्रदेशसभामा बोल्दै सांसद रेग्मीले भने, ‘हामी जनताको दैनिकी परिवर्तन चाहन्छौँ । तर, तौरतरिका र त्यहाँसम्म जाने बाटो मिलेको छैन ।’

कर्णालीको बजेट जनचहानाअनुसार नभएको उनको टिप्पणी छ । कर्णाली प्रदेशले बजेट ल्याएसँगै आपूmले बधाई दिनुपथ्र्यो त्यो हुुन सकेन, कर्णाली प्रदेश सरकाले अन्र्तक्रिया, गोष्ठी छलफल गर्ने बजेट ल्याएको छ ।

प्रदेश सरकारको महत्वपूर्ण निकाय सामाजिक विकास मन्त्रालय भए पनि कर्णाली प्रदेशमा आर्थिक सामाजिक अधिकारको हनन् भएको उनको भनाइ थियो । ‘अन्याय भएको सबैतिर आवाज उठिरहेको छ’, उनले भने, ‘सरकारले बजेट निर्माण गर्दा सदरमुकाम केन्द्रित बनाएको छ ।’

सांसद रेग्मीले सरकारले गाउँस्तरलाई हेरेर बजेट निर्माण गर्नुपर्ने भए पनि त्यस्तो नगरेको पाइएको बताउँदै प्रदेशसभा सदस्यको अन्तरप्रदेश भ्रमण गर्ने र विशिष्टि व्यक्तिहरूको सकारात्मक सोच अभिवृद्धि गर्ने कार्यक्रम भने राम्रो भएको धारण राखेका थिए ।

प्रतिक्रिया