काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई दुई लाख पचास हजार सात सय पच्चीस बराबरको चेक प्रदान गरेको छ । बैंकले गैर सरकारी संगठनसंग संग्लग्न भई देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि महिला शिक्षाकालागि कार्यरत हुंदै आइरहेको संसथालाई सहयोग गरेको हो ।
बैंकबाट प्राप्त उक्त रकम ट्रस्टद्वारा आवश्यक परेका १६ महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गरिने बता्इएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरे ।
प्रतिक्रिया