काठमाडौं । एभरेष्ट बैंकले देशका विपन्न वर्गका नागरिकहरुलाई वित्तिय साक्षरता प्रदान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कल्याणकारी गतिविधिहरु गर्दै आइरहेको छ । बैंकले धरान, सुनसरीका १० विद्यालयमा वित्तिय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ । फिनलेट नेपालले एभरेष्ट बैंकको वित्तिय साक्षरता अभियानमा सहयोग गर्नेछ ।
स्कुल बुक नामक ५ महिना लामो वित्तिय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ जसले बालबालिका र अभिभावकहरुलाई वित्तिय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तिय योजना र लगानीका सिद्धान्तहरु सिकाउछ । फिनलेट नेपालले देशका विभिन्न क्षेत्रमा वित्तिय शिक्षा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । एभरेष्ट बैंकले हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया