काठमाडौं । अमुक्तिनाथ विकास बैंकले छ शाखा कार्यालय विस्तार गरेको छ । देशै भरी शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा बैंकले काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घासमा नयाँ शाखा खोलेको हो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका निर्देशक ध्रुब अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।
प्रतिक्रिया