काठमाडौं । इन्फििनिटी लघुवित्त वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्ज बीच नेपाल स्टक एक्स्चेन्जबीच शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामा र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको उपस्थितिमा सम्पन्न उक्त सम्झौता अनुसार संस्थाको कुल जम्मा चुक्त पुँजी २० करोड ७४ लाखको सूचीकरण भएको हो ।
नेपालका विपन्न वर्ग, लघु उद्यमी र साना व्यवसायीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले लब्ध प्रतिष्ठित व्यक्तिहरूबाट प्रवद्र्धन गरिएको नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजतपत्र प्राप्त संस्थाको २०७३ मा स्थापना भएको थियो । संस्थाले हाल २३ जिल्लामा ४५ वटा शाखा कार्यालय मार्फत २६ हजार भन्दा बढी सदस्यहरूलाई १ अर्व ४५ करोड भन्दा बढी लघु कर्जा प्रवाह गरेको छ । ५० करोडभन्दा बढी निक्षेप जम्मा गरी सामाजिक सुरक्षण र विप्रेषण लगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदानगर्दे आइरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले दिए ।
प्रतिक्रिया