ट्रान्सफरमर नहुँदा चलेन डिप बोरिङ

विराटनगर । बिजलीको ट्रान्सफरमर जडान नहुुँदा मोरङको सुुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको डिप वोरिङ दुुईवर्ष देखि सञ्चालनमा आउन सकेको छैन । मोरङका सांसद शिवकुुमार मण्डलको सांसदकोषको ३५ लाख रूपैयाँको लागतमा बोरिङ निर्माण गरिएको हो ।

सो क्षेत्रका दुुईसय भन्दा बढी जग्गामा सहज रूपले सिंचाई पुु¥याउन वोरिङ निर्माण गरिएको हो । स्थानीय किसान राजकुुमार राजवंशीले राष्ट्रिय प्रसारण लाइन पुुगेको सो ठाउँमा एउटा ट्रान्सफरमर जडान गर्न नसक्दा त्यस्तो उपयोगी आयोजना दुुई वर्षदेखि अलपत्र परेको बताए । पटकपटक डेलिकेसन जाँदा पनि विद्युुत प्राधिकरणले बेवास्ता गरेपछि त्यत्रो लगानी बालुुवामा पानी हाले जस्तो भएको उनले बताए ।

बोरिङ सञ्चालनका लागि ११ हजार केवीको लाइन पुु¥याएर दुुई सय केवीको ट्रान्सफरमर जडान गर्नुुपर्ने हुन्छ । वोरिङ सञ्चालनमा नआएपछि स्थानीयले बोरिङ निर्माण गरिएको संरचनामा दाउरा राख्न थालेका छन् ।

अर्का किसान जोगिन्दर ऋषिदेवल वर्षा नभइरहेको अहिलेको अवस्थमा बोरिङ सञ्चालनमा आएको भए निकै सहज हुुने थियो भन्छन् । लामो समयपछि आएको आयोजनाको काम सम्पन्न हुुदा खेतबारीमा सहज रूपमा सिंचाई हुुने आस भए पनि त्यो भने अहिले पूरा नभएको किसानहरूको गुुनासो छ । बोरिङ सञ्चालनकालागि १५ हर्ष पावरको मोटर जडान गरिएको छ ।

प्रतिक्रिया