काठमाडौं । ‘नेपाल्स् प्लस साइज मोडल २०१९ (सिजन–४)’ को उपाधि उषाकिरण नेपाल हात पारेकी छन् । सात प्रतियोगीलाई पछि पार्दै उनले शीर्षसहित ब्युटी विथ प्रपोज, मल्टिमिडिया च्वाइस, मोस्ट पपुलर र मोस्ट ब्युटिफुल उपाधिसमेत जित्न सफल भइन् । सिद्धि मिडियाको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा विवेककुमार शाह मिस्टर ह्याडसम र भ्युअर च्वाइससहित फस्ट रनरअप घोषित हुँदा शिल्पा घले मिस कन्फिडेन्ट र मिस बब्लीसहित सेकेन्ड रनरअप बन्न सफल भइन् । मोटी युवतीका लागि सन् २०१७ बाट नेपालमै पहिलो पटक ‘नेपाल्स् चब्बी मोडल’ सुरु गरेको सिद्धी मिडियाले मोटामोटी, होचो, अग्लो जुनैप्रकारका व्यक्तिलाई पनि अवसर प्रदान गर्न ‘नेपाल्स् प्लस साइज मोडल’ प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
मोटोपन, होचो साइज लगायत आफ्नो अवस्था जेजस्तो भए पनि मानिसले त्यसमा खुसी रहेर अगाडि बढ्दै समाजका विभिन्न क्षेत्रमा योगदान दिन सकिन्छ भन्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । उनले प्रतियोगीमा आत्मविश्वास जगाउँदै उनीहरुको प्रतिभा निखार्ने, समाजमा अगाडि बढ्न प्रेरित र हौसला प्रदान गर्ने उद्देश्यका साथ ‘नेपाल्स् प्लस साइज मोडल’ आयोजना थालिएको जानकारी दिए । प्रतियोगिताको निर्णायकमा अभिनेत्री संचिता लुईंटेल, कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलको फस्ट रनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिलविर सिंह तुलाधर प्रतियोगिता रहेका थिए ।
प्रतिक्रिया