भ्रष्टाचारविरुद्ध युवाको र्याली

रौतहट । रौतहट क्षेत्र नं. ३ मा बिहीबार युवाहरूले भ्रष्टाचारबिरुद्ध मोटरसाइकल ¥याली निकालेका छन् । आवको अन्तिम महिना असारमसान्तमा विभिन्न विकास निर्माणका कार्यमा देखिएको भ्रष्टाचारलाई न्यूनीकरण गर्ने उद्देश्य अनुरूप युवाहरूले सचेतना र्याली निकालेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट क्षेत्र ३ को युुवासंघको अगुवाइमा सयौं मोटरसाइकलसहित युवाहरूले भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै ¥याली तथा प्रदर्शन गरेका हुन् ।

नेकपाको क्षेत्रीय कार्यालय कटहरियाबाट बिहीबार बिहान ११ बजे सुुरु भएको ¥याली कटहरिया, गुजरा, फतुआ विजयपुर, मौलापुर र देवाही गोनाही नगरपालिकाका विभिन्न वडा हुँदै गरुडा नगरपालिकाको शिवनगर महादेवस्थान अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

जनप्रतिनिधिको रूपमा जन्मेका केही जमिन्दारहरू जनतालाई रैती र बजेटलाई आप्mनो पुस्तैनी सम्पत्ति बुझेर विभिन्न विकास निर्माणमा भ्रष्टाचार गरिरहेकाले त्यस्तालाई कालोमोसो दलेर जनतामाझ नांगो बनाउने समय आएको कार्यक्रमका प्रमुखअतिथि रौतहट–३ (ख) का प्रदेशसभा सदस्य कुन्दन कुश्वाहाले बताए । स्थानीय निकाय र कतिपय प्रदेश सांसद संघीय सांसदले एउटै कामको तीन-तीन वटा बिल बनाएर भ्रष्टाचारको पराकाष्ठा देखाइरहेकाले त्यस्ताविरुद्ध कार्यवाही गर्न युवाशक्ति पछि नपर्ने कुश्वाहाले चेतावनी दिए ।

भ्रष्टाचारीविरुद्ध जाग्न टोलटोलका युवालाई आह्वान गर्दै विकासको सबैभन्दा ठूलो दुश्मन भ्रष्टाचार रहेको र यो सिंहदरबारबाट गाउँ पसेकाले यसको नियन्त्रण आवश्यक रहेको सांसद कुशवाहाले बताए । क्षेत्र–३ बाट सुरु भएको भ्रष्टाचार विरुद्धको युवा अभियान जिल्ला र प्रदेशमा पुगेपछि अभियानलाई कसैले रोक्न नसक्ने उनले दावी गरे ।

क्षेत्र नम्बर ३ अन्तर्गत गाउँगाउँ पुगेर भ्रष्ट जनप्रतिनिधिलाई सुध्रिने चेतावनी दिँदै अबका दिनमा पनि भ्रष्टाचारमा संलग्न भए जनकारबाही गर्ने चेतावनी दिइएको ¥यालीमा सहभागी युवाहरूले बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रदेश–२ का सदस्य त्रिभुवन साह, वहिद अन्सारी, कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा, युवासंघका क्षेत्रिय संयोजक राकेश गिरी, योगेन्द्र साह लगायतले भ्रष्टाचार नरोकिएसम्म देशको विकास असम्भव रहेको बताएका थिए ।

प्रतिक्रिया