खल्तीले जित्यो फिनटेक इन्नोभेसन फन्ड

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्र संघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्तराष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् । उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ ।

खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३५०० महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफहोम बेस्ड वर्कर्स (सबह) नेपाल सँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामानउत्पादनगर्दै आएको छ । परियोजना सञ्चालनगर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमाखल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्नेछन् ।

प्रतिक्रिया