काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पांचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रबेश गरेको छ । संस्थाले बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्र्रय लिएका २५ जना अनाथ बाल बालिकालाई एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री वितरण गरेको छ । उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले आमाको माया छात्रवासका अध्यक्ष डा.नविन वन्धु पहाडीलाई हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रमका अवसरमा संस्थाका देशभर रहेका शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रहरुमा सरसफाई, वित्तिय साक्षरता, बृद्धवृद्धालाई सहयोग, अस्पतालका विरामीलाई फलफुल वितरण समेत गरेका छन् । संस्थाले हाल ३८ जिल्लाका ५० वटा शाखा कार्यालय मार्फत ८० हजार भन्दा वढी घरधुरीलाई सेवा पु¥याइरहेको छ । हाल संस्थाको कर्जा लगानी करिब ४ अर्ब र बचत १ अर्ब २६ करोड रहेको छ ।
प्रतिक्रिया