पाँचौं चेम्बर एक्स्पो फागुन दोस्रो साता

काठमाडौं । नेपाल चेम्बर अफकमर्शको आयोजनामा आगामी फागुन १३ देखि १७ गते सम्म काठमाडौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयएवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउदैं मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

मुलुकको समग्र विकासका। चुलिँदै गइरहेको व्यापार घाटा न्युनिकरण गर्दै आर्थिक कृयाकलापलाई तिब्र गतिमा चलायमान बनाउन निजी क्षेत्रको सक्रियता महत्वपुर्ण हुने नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।। यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्तिकरणबाट मात्र सम्भवहुने मुलमन्त्र सहितपाँचौ संस्करणको मेला आयोजना गर्न लागिएको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिन लागेकोे एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । उनले भने, ‘झण्डै आधादर्जन युरोपेलीमुलुककाव्यवसायी मेलामा सहभागिहुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्रनभई पर्यटन प्रवद्र्धनमापनि सघाउ पुग्ने विश्वास लिएका छौं ।’

निर्यात प्रवद्र्धन, वैदेशिकलगानीआकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य रहेको चेम्बर अफकमर्शका मेला समिति संयोजकराष्ट्र भूषण चाकुबजीले बताए । यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरू लाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया