एजेन्सी, ब्राजिल । अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको कोपा अमेरिका जित्ने अर्को एउटा अभियान विफल भयो । यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा अर्जेन्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ ।
अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुंग्याउने योजना नभएको बताएका छन् । अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलसँग निराश भएको थियो । यससँगै अर्जेन्टिनाको लामो समय देखिको उपाधि खडेरीमा पूर्णविराम लगाउने मेसीको लक्ष्यले यस संस्करणमा पनि पूर्णता पाउन सकेन ।
३२ वर्षे मेसीले २०१६ मा को कोपा अमेरिका फाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिट मार्ने घोषणा गरेपनि केही समयपछि नै सन्यास फिर्ताको घोषणा गरेका थिए । अर्जेन्टिना गत संस्करणको कोपा अमेरिकाको फाइनलमा समेत चिलीसँगै निराश भएको थियो ।
यता २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले निराश भएको अर्जेन्टिना २०१८ को रुस विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग निराश भएको थियो । ‘म अझै अर्जेन्टिनी टोलीमा योगदान पु¥याउन सक्छु । म अझै खेल जीवनलाई निरन्तरता दिन्छु । त्यसैले मेरो अहिल्यै विश्राम लिने कुने योजना छैन,’५ पटकका बालोन डि ओर विजेता मेसीले भने, ‘अहिले टोलीमा युवा र क्षमतावान खेलाडीको बाहुल्यता रहेको छ । यो टोलीले भविष्यमा आफूलाई प्रमाणित गर्नेत तर त्यसका लागि समय लाग्न सक्छ ।’
आगमी संस्करणको कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुत्तरूपमा आयोजना गर्दैछन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले पनि टोली प्रतियोगिताबाट बाहिरिएपनि आफ्नो टोलीले भविष्यमा राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिए । ‘कुनै दुबिधाविना आज हामीले उत्कृष्ट प्रदर्शन ग¥यौँ,’उनले भने, ’दुर्भाग्यवश नतिजा हाम्रो पक्षमा नआएपनि हामीले प्रतियोगिताबाट धेरै पाठ सिकेका छौ ।
जसले आगामी दिनमा उत्कृष्ट भन्दा उत्कृष्ट प्रदर्शन गर्न मनोबल प्रदान गर्नेछ ।’ १९औँ मिनेटमा ग्याब्रियल जिससले गरेको गोलमा ब्राजिलले अग्रता लिएको थियो । खेल सकिन १९ मिनेट बाँकी हुँदा रोबेर्टो फिर्मिन्होले बललाई जाली चुमाउँदै ब्राजिलको फाइनल यात्रा पक्का गरेका थिए ।
प्रतिक्रिया