दलाई लामाले माफी मागे

बीबीसी, नयाँ दिल्ली । तिब्बतका धर्म गुरु दलाइ लामाले हालैको एक अन्तर्वार्तामा महिलाका बारेमा दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।

उनले आफ्नो उत्तराधिकारी महिलापनि हुन सक्ने तर उनी आकर्षक हुनुपर्ने केही दिन अघि बीबीसीलाई दिएको अन्तर्वार्तामा बताएका थिए ।

तर त्यसको आलोचना भएपछि उनको कार्यालयले वक्तव्य जारी गरेर क्षमायाचना गरेको छ । ‘उहाँले ठट्टा मात्रै गर्नु भएको’ उनको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया