युनाइटेड र रासफोर्डसबीच सम्झौता नवीकरण

एजेन्सी, म्यानचेस्टर । म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कोस रासफोर्डले क्लबसँगको अनुबन्धन सम्झौता नवीकरण गरेका छन् । उनी सन् २०२३ सम्म क्लबमै रहन सहमत भएका हुन् । नयाँ सम्झौताअनुसार रासफोर्डले हप्ताको ३ लाख पाउन्ड प्राप्त गर्नेछन् ।

युनाइटेडले इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी रासफोर्डलाई क्लबमै राख्न सफल भएको हो । उनले हप्ताको २ लाख पाउन्ड प्राप्त गर्नेछन् । बोनश समेत जोड्दा उनले पाउने तलबले ३ लाख पाउन्ड छुनेछ । २१ वर्षका प्रतिभाशाली फरवार्डले प्रिमियर लिगमा फरवार्डको रुपमा १ सय ७० खेल खेलेका छन् । उनले इंग्ल्यान्डबाट ३२ क्याप समेत जितेका छन् ।

‘म्यानचेस्टर मेरा लागि सबै हो । म यहाँ ७ बर्षको उमेरमा आएको थिए ।’ नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि रासफोर्डले भनेका छन् । ‘क्लबले मलाई धारिलो बनाउने काम ग¥यो, खेलाडी र मानिसको रूपमा । म निकै धन्य छु, मैले क्लबको जर्सी लगाउन पाएको छु,’ उनले थपे ।

प्रशिक्षक आले गनर सोल्सायरको टिममा रासफोर्डले आफ्नो स्थान सुरक्षित हुने देखेपछि नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । उनले युनाईटेडका पहिलो टिमबाट ४५ गोल गर्नुका साथै २६ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

प्रतिक्रिया